संसदमा बजेट : चन्द्रागिरी–पालुङ–चित्लाङ–चितवन द्रुतमार्ग निर्माणको घोषणा

काठमाडौँ, १५ जेठ । आर्थिक वर्ष २०७९/८० को लागि अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गरेका छन् । निकै महत्वाकांक्षी देखिएको बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्र समेटिएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।
‘काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने ।
तपाइँको प्रतिक्रिया