बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा उद्घाटन , पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याउने भनाई

बुटवल ,भदौं ११ ।
बुटवलमा निर्मित सबैभन्दा ठुलो क्षमताको बुटवल सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याेउने बताउनु भयो ।
बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो। बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ढिलै भए पनि निर्माणको काम पूरा भएको छ।
साना ठुला गरी एउटै छानोमुनि दुई हजार सात सय जना क्षमताका सनाठुला १३ वटा हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौं भन्दा बाहिरको सबभन्दा ठुलो क्षमताको सम्मेलन केन्द्र हो ।
तपाइँको प्रतिक्रिया