ग्रिसमा ‘खतरनाक’ कार्गो बोकेको जहाज दुर्घटना, चालक दलमा थिए आठ जना

एजेन्सी । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो ।
चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।
विमानमा चालक दलका ८ जना सदस्य थिए । विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, ‘विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’
तपाइँको प्रतिक्रिया