कृषि
गैँडाकोट, १५ असार । असार १५ गते नेपालमा धान दिवस मनाइन्छ । धान दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । गण्डकी प्रदेश अन्तर्गत पर्ने नवलपरासी (सुस्तापूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर पाँचमा रहेको साइनिङ इङ्लिस सेकेण्डरी स्कुलले विद्यार्थीलाई खेतमा लगेर धान दिवस मनाएको छ । सधैँ झोलामा कापीकिताब बोकेर विद्यालय जाने विद्यार्थी बुधबार भने फरक ढंगले विद्यालय पुगे । विद्यालय बस चढेर शिक्षक र सहपाठीसँगै अर्को वडामा पुगे । पानी तल्याएर धान...
म्याग्दी, १५ असार । ‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खीर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोक गायिका हरिदेवी कोइरालाले गाएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत...
गैंडाकोट,३ असार । विनायक कृषि सहकारी संस्थाले कृषी ज्ञान केन्द्र नवलपुरको ५० प्रतिशत अनुदान सहयोगमा गैँडाकोटका किसानहरुलाइ आधुनिक कृषि औजार वितरण गरेको छ । सरकारीको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि सहकारी संस्थाका अध्यक्ष तिलक कँडेलले किसानहरुलाई कृषि औजारहरु हस्तान्तरण गर्नुभएको हो । कृषि ज्ञान केन्द्रको विउविजन आत्मनिर्भर तालिम अन्तर्गतको कार्यक्रममा गैँडाकोटको विनायक सहकारीले गत फागुन २८ गते सम्झौता गरेअनुरुप औजार वितरण गरिएको अध्यक्ष तिलक कडेंलले जानकारी दिनुभयो । कडेंलका...
काठमाडौं, ३१ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ।१७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ।कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको...
गैँडाकोट, २६ जेठ । कृषकले समयमै रासायनिक मल (युरिया) पाउन नसकेको भन्दै विनायक कृषि सहकारी संस्थाले गैँडाकोट नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विहीबार सहकारी संस्थाले गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालालाई ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र मल उपलब्ध गराउन आग्रह गरेको हो । ज्ञापनपत्रमा २०७८ पौष २६ गतेदेखि नै गैँडाकोट नगरपालिकाभित्र रासायनिक मल युरिया आपुर्ति नभएको सन्दर्भलाई जानकारी गराउँदै मल परिपुर्तिका लागि प्रदेश र संघीय सरकारसंग पहल गर्न अनुरोध गरिएको छ ।...
हेटौँडा, १६ वैशाख । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो । कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा...
गैँडाकोट, ७ बैशाख । श्री आग्रह कृषि तथा गाई फर्मले बुधबार गैँडाकोट नगरपालिका वडा नं. १० भैँसाखोरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको सम्मन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।नेपालको उत्कृष्ट फर्मको रुपमा छनोटमा परेको यस फर्मले अनुदानमा प्राप्त रकमबाट निर्माणका काम अगाडि बढाउँदै गर्दा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । विश्व बैंकको क्रण...
नवलपुर, ६ चैत । कृषि गणनाका लागि नवलपुरमा ५५ जना गणक र १४ जना सुपरीवेक्षक खटाइँदै छ । कृषि गणना कार्यालय नवलपुरले तथ्याङ्क सङ्कलनका लागि खट्ने गणकहरूलाई आवश्यक सामग्री समेत प्रदान गरेको छ । कार्यालय प्रमुख रेणु घिमिरेका अनुसार गणकहरुलाई झोला, टिसर्ट, परिचयपत्र, टोपी, क्याल्कुलेटर, प्रश्नावली, छाता लगायतका सामग्री उपलब्ध गराइएको छ । गत चैत २५ देखि वैशाख ३ गतेसम्म गणक तथा सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको थियो । आजदेखि घरघरमा...
३०, भजनी, वैशाख । कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनावमुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ । लालबहादुर मात्रै नभई उहाँका...
महोत्तरी, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा...