पत्रपत्रिका

राष्ट्रपति हुने खनालको चाहाना के पुरा होला ? राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव

साउन २५, काठमाडौं नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुख लगायतका पद अहिले नै बाँडफाँड गरेर जानुपर्ने प्रस्ताव अघि सारेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो प्रस्ताव गरेका हुन् । सत्तारुढ पाँचदलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारिएको...

कालिका संस्कृत विद्यापीठद्धारा प्रज्ञालोक अकं ३ को विमोचन

हिमा अर्याल, गैँडाकोट, १९ असोज । नेपाल प्रध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटले मंगलबार प्रज्ञालोक अकं ३ को विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत १६ वटा लेख समावेश भएको प्रज्ञालोक अकं ३ विमोचन गरिएको कालिका संस्कृत विद्यापीठका प्राचार्य तथा सह प्राध्यापक रामचन्द्र कंडेलले जानकारी दिनु भयो । यस अघिका वर्षहरुमा कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटद्धारा प्रज्ञालोकको अकं १ र २ प्रकाशित भैसकेको छ...

नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

२६ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिनु भएको छ । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको पाईएको छ । पुरानो नक्सा सहितको पुस्तक बिक्री गरेको सूचना पाएपछि श्रेष्ठले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनु भएको हो । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा मन्त्री श्रेष्ठले...

मेडिकल संचालक नै लागुऔषध कारोबारमा,  संचालक सहित २ पक्राउ

गैँडाकोट, १९ जेठ । प्रतिबन्धित औषधि कारोबार गर्ने धेरै जसो मेडिकल संचालकहरु नै लागुऔषध कारोबारमा संलग्न हुने गरेको पाईएको छ । चितवनमा मेडिकल संचालकहरु सहित दुई जना पक्राउ परेपछि मेडिकल संचालकहरुको संलग्नता पुष्टि भएको हो । भरतपुर महानगरपालिका २ पोखरा बसपार्क स्थित सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी विक्री गरिरहेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ देवघाट गाउँपालिका ९ घर भई हाल भरतपुर ९ बस्ने २९...

यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ । आवेदन गरेकामध्ये ६६६ जनाले भने...

ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

चैत ३१ गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा मंगलबार ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल...

नेपालमा कोरोना संक्रमण दर बढ्दै

चैत ३१ केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको छ । भारतमा संक्रमण दर बढेसँगै नेपालमा पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा...

प्रहरीले गरे अफिम खेती नष्ट

चैत ३१, प्रहरीले नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरेको छ । जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने...

बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

चैत्र ३० मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौं पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाउने भए पछि जिब्रो छेड्न उहाँ तयार हुनुभएको हो । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

चैत्र ३० गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते बुधबारदेखि बन्द हुने भएका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए ।नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट...

Not Found