पत्रपत्रिका
चैत ३० गएराति रुपन्देही जील्लाको गाउँपालिका वडा नं ७ गुलरिया चोकमा रहेको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । साँझ पख आयल निगमबाट डिजेल लिएर आएको ट्याङ्करबाट तेल खन्याउने क्रममा पेट्रोल पम्पमा आगलागी भएको हो । आगलागी नियन्त्रण गर्ने क्रममा पम्प सञ्चालक हेमन्त चौधरी घाइते भएको र उनलाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिनुभयो । बिहान पोखरेललाई सम्पर्क...
चैत ३० नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भार्इ गोविन्दराज पौडेलको निधन भएको छ । नेता पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्ना माइला भाइ गोविन्दराजको निधन भएको जानकारी दिनुभएको थियो । पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका आफ्नो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनबाट आफूले एक्लो महसुस गरिरहेको पनि बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार...
चैत ३० , काठमाडौँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् । त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन । यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ ।’...
चैत ३० , काठमाडौँ सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ । ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री...
चैत्र २९ काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ । ...
चैत्र २९ जिल्ला प्रहरी कार्यालय चितवनले चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादीलाई पक्राउहरुलाई गरेको छ। अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका १७१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो। पक्राउ परेका प्रतिवादीहरु सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट र कालोबजारी लगायत मुद्दाका अभियुक्त रहेका छन् । उनीहरुबाट १८ वर्ष तीन महिना पाँच दिन कैद र सात लाख ७५ हजार ४३० रुपैयाँ...
चैत २९, भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा...
चैत २९, २०७७ गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ । ट दिन अघि चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आईराख्दा प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताउन ुभयो । उनलाई नदीले बगाएर बेपत्ता बनाएको...
चैत २७ लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको एघारौँ अधिवेशनले वर्ष २०२१/०२२ को अध्यक्षमा ढाकाराम ढकाल चयन भएका छन् । प्रथम उपाध्यक्षमा श्याम प्रसाद चापागाई , द्वितीय उपाध्यक्षमा प्रविण तिमल्सिना , तृतीय उपाध्यक्षमा प्रतीक घिमिरे , सचिवमा रोशन मगर तथा कोषाध्यक्षमा गोबिन्द केसी चयन भएका छन्े । १३ सदस्यीय नयाँ कार्यसमितिले आगामी एक वर्ष नेतृत्व सम्हाल्ने छन् । अधिवेशन सम्पन्न गर्नका लागि क्लबका पूर्वअध्यक्ष प्रदिप सापकोटाकोे संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति चयन...
चैत २७ ुुसुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय मोतेलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । मोरङको केराबारी गाउँपालिका–९ मा डेरा गरेर बस्ने बिजुले ईटहरीमा लुट आतंक मच्चाउँदै आएका थिए । पसल बन्द गरेर घर फर्किने महिलालाई टार्गेट गरेर उनले सिक्री र झोला लुट्ने गरेका थिए । को।८प...