पत्रपत्रिका
चैत २७ पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा लागेको भिषण आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आंशिकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । ...
चैत २६ , काठमाडौँ नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो । भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो...
२५ चैत्र देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन बुधबार विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने भएको हो । महासंघको २६ औं अधिवेसनसँगै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो । महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई...
चैत २५, महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको हे । चैत २२ भारतको गुजरातबाट फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जमनकारी दिनुभयो । ...
चैत २५ वायु प्रदूषणका कारण देशैभरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् । वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भएपनि वायु प्रदूषण बढेपछि यस्तो समस्या...
चैत्र २४ कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ भारतीय लागुऔषधतस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली...
चैत २४ छोरीलाई माइतीमा रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सोमबार राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको हो । सासु–ससुरामाथि खुकुरी...
चैत्र २३ मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जानकारी छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो । ...
चैत २३ इन्डोनेसिया र तिमोर लेस्ते ९पूर्वी तिमोर० मा आइतबार गएको बाढी र पहिरोका कारण कम्तीमा ६० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण बाँधहरु भरिएका छन् भने पानी त्यसमाथि बाट बगिरहेका छन् । यसका कारण थुप्रै द्वीपमा हजारौं घर ध्वस्त भएका छन् । बाढी र पहिरोका कारण प्रभावित इलाका पूर्वी इन्डोनेसियाका फ्लोर्स द्वीपको विषयमा छिमेकी देश तिमोर लेस्तेसम्म फैलिएको छ । अधिकारीले बाढीबाट मृत्यु हुनेको आँकडा बढ्न सक्ने चेतावनी...
चैत २३ मकवानपुर जील्लाको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१० का निवासीरुम्वाको सोमबार उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै...