पर्यटन
गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोट वडा नं. १०, ११ र १२ का वडाबासीहरुले माग गरेका छन् । आज गैंडाकोट ११ भेडाबारीको हाटबजार लग्ने परिसरमा एक कार्यक्रमको आयोजना गरि यो माग गरेको हो । शनिबार गैँडाकोट १०, ११ र १२ का वडाबासीले विरोध सभा नै आयोजना गरि हस्ताक्षर संकलन तथा पत्रकार सम्मेलन गरेका छन् । गैँडाकोट नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानीयले मध्यवर्ती...
कावासोती, माघ १८ । नवलपुरको कावासोतीमा जारी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन कार्यक्रममा सबै धर्मगुरुहरुद्धारा प्रवचन गरिएको छ । यहीँ माघ १६ गते सोमबारदेखि सुरु भएको कङ्ग्यूर महापूजाको तेश्रोदिन पिठाधिश् देवघाटका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजाले भगवान् र मनुष्यको सम्वन्ध नङमासुको सम्वन्ध भएको बताउनु भएको छ ।...
गैंडाकोट, माघ ९ । गोपेश्वर महादेव मन्दिरको ३० औं साधारणसभा सम्पन्न भएको छ । गैंडाकोट २ मा रहेको श्री गोपेश्वर महादेव मन्दिरको परिसरमा सोमवार भएको साधारणसभाका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद महेन्द्र ध्वज जिसीले शिवालयमा आएर थोरै बेर भएपनि धार्मिक वातावरणमा लिन हुने अवसर मिलेको बताउनुभयो । निर्वाचन पछि आम जनतामा भेटघाट हुने अवसर मिलेको थिएन ,ढिलै भएपनि पबित्र धार्मिक स्थलमा भेटघाट भयो । म सबै जनसमुदायप्रति आभार...
गैँडाकोट,माघ ०८ । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ । आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो । वैदिक...
चितवन, १९ पौष । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले मंगलवार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौष २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट...
काठमाडौं, २१ कार्तिक । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । वर्षको दुई...
गैंडाकोट, असोज १५ नारायणी सामुदायिक वन उपभोक्ता समूहले यसवर्ष गरिब विपन्न सदस्यलाई शुक्रबार ५ वटा घर हस्तान्तरण गरेको छ । १० औं वार्षिक साधारण सभाको अवसरमा निर्माण गरिएका ५ वटा घर उद्घाटन पश्चात गरिब विपन्न सदस्यलाई हस्तान्तरण गरेको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यलय नवलपुरका प्रमुख मोहनराज काफ्लेले अहिले बनेको नयाँ वन ऐनले वन व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन ऐनमा ५० प्रतिशत...
ज्ञानु पंगेनी गैंडाकोट, असोज १३ केही वर्ष अघिसम्म नाङ्गो पाखापखेरामा सीमित रहेको नवलपुरको गैंडाकोट नगरपालिका १८ को बसेनी, डोँडे, रतनपुर बस्तीमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । तराईको राजमार्गसँग जोडिएको गैंडाकोट नगरपालिकाको दुर्गम ठाउँका रुपमा गैंडाकोट १८ चिनिन्छ । सुन्तला जात फलफूल खेती सुरु गरिएको बसेनी, डोँडे गाउँ करिब १५ सय मिटर उचाइमा छ । यहाँको नाङ्गो पाखामा यसरी हरियाली भएको धेरै समय पनि भएको छैन् । २०७५–०७६ बाट प्रधानमन्त्री...
देबचुली, असोज १२ नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नवलपुरसहित पाल्पा र तनहुँका...
मनाङ, असोज १२ करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहिलो सातासम्म कुल तीन हजार आठ सय...