पर्यटन
गैडाकोट,असोज,०८ । पूर्वी नवलपरासीको गैडाकोटमा रहेको सिजी उन्नती कल्चर भिलेजले दशै मेला आयोजना गरेको छ । शनिवार उन्नती कल्चर भिलेजको आयोजनामा नेपालीको महान पर्व बिजया दशमीको उपलक्ष्यमा दशै मेला आयोजना गरेको हो । कार्यक्रममा नेपालीको संस्कृती संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सांस्कृतीक कार्यक्रम आयोजना गरिएको थियो । दशै मेलामा चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको थियो । प्रर्दशनीमा भिम प्रसाद शर्मा , बरुण बाबु घिमीरे , रश्मी अमात्य, सुरक्षा वाग्ले लगायतको...
चितवन, असोज ४ दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । असोज महिना लागेसँगै दशैंका लागि हवाइ टिकट अग्रिम बुकिङ बढिरहेको हो । केही दिन पहिले मात्र एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको बताएका छन् । भरतपुरमा बुद्ध र गुण एयरलाइन्सले उडान गर्दै...
भाद्र ८, चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुई नजिकै कजवे निर्माणका लागि करीव ८ करोड रुपैंया बजेटमा भएको एकीकृत टेण्डरकोे बनकट्टामा शिलान्यास गर्नुभयो...
वसन्त पराजुली भरतपुर, भदौ ४ गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गर्नुभएका निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ भालेको आक्रमणमा परेर पोथी गैँडा मरेको बताउनुहुन्छ। डा. श्रेष्ठका बुझाइमा जुधेर पोथी गैँडा मर्नु अपवाद हो। यस्तै अपवादमध्येको एक घटना यो पनि हो। जङ्गलमा पोथी गैँडालाई भालेले सहवासका लागि आग्रह गर्दा नमानेपछि रिसले भाले गैँडाले...
कावासोती,२५ साउन । सामुदायिक वन दिवसको अवसरमा कावासोती नगरपालिका ६, विष्णुनगरमा वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दिवसको अवसर पारेर डिभिजन वन कार्यालय नवलपुर, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर र विष्णुनगर सामुदायिक वन उपभोक्ता समूहको सयुक्त आयोजना वृक्ष रोपण तथा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले आफ्नो वन आफैले संरक्षण गर्ने नीति सफल बनेको बताउनुभयो । राज्यले...
बिबेक भण्डारी ,नवलपुर । नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा ४२ लाखले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमा ४२ लाख भक्तजन शाश्वतधाममा पुगेका हुन् । सरकारले सन २०१८ मा वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वतधामलाई अवार्ड दिइसकेको छ । शाश्वतधाम आउनेहरुको संख्या दिनहुँ बढ्दो छ । शाश्वतधाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीहरुको मुख्य रोजाई यो थलो...
कावासोती,१५ साउन । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका वडा नं. दुई स्थित कालीगण्डकी तटीय क्षेत्र भुवरीटारलाई आकर्षक पर्यटकीय स्थल बनाउने कार्यको थालनी गरिएको छ ।कालीगण्डकी नदी किनारको मनोरम र सुन्दर वातावरणमा अवस्थित भुवरीटार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय स्थल बनाउन आधारभूत तयारी र छलफल भएको छ । दोभान भुवरीटार पर्यटन विकास समिति बौदीकाली दुई डेढगाउँको समन्वयमा जनप्रतिनिधि , प्राविधिक , कर्मचारी , समिति, सल्लाहकार र समाजसेवी स्थानीयवासीको उपस्थितिमा स्थलगत अवलोकन जडीबुटी र...
साउन १३, कावासोती । कावासोतीमा अन्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघ संरक्षणका विषयमा अन्तरक्रिया सहित टाइगर ट्रेल उद्धघाटन तथा वृक्षा रोपण गरि दिवश मनाइएको छ । कावासोती १० , चिलाहा रतवल होम स्टेमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद तिलक महतले संरक्षणमा समुदायको भूमिका ठूलो रहेको बताउनुभयो । बाघ संरक्षणमा समेत समुदाय सहित राज्य स्तरबाट भएका कार्यले अलिहे बाघको संख्या नेपालमा बढेको उहाँले बताउनुभयो । वन्यजन्तुको संरक्षण सहित यसमा...
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन...
नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ ।अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ ।उले भने, ‘अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई÷चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ...