प्रदेश
गैँडाकोट, १७ चैत्र । गैँडाकोटको मौलाकालिका सामूदायिक वन उपभोक्ता समूहले लेखापढी कानुनी परामर्श, उद्घोषण एवं सामुदायिक वनमा महिलाको भूमिका सम्बन्धी तिन दिने तालिमको आयोजना गरेको छ । सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षण गर्नका लागि र उद्घोषण कलामा उपभोक्तालाइ निपुर्ण गराउने उद्धेश्यले वनले तिन दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । शुक्रबार तालिमको उद्घाटन समारोहमा बोल्दै मौलाकालिका सामूदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरीप्रसाद सापकोटाले मौलाकालिका वनलाई संरक्षण गर्नमा महिलाहरुको...
चितवन, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै बिहीबार उनले आफ्नो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने भएको टिप्पणी गरे । उनले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।” उनले अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको दाबी गरेका...
तनहुँ, १६ चैत्र । फुकुओका नेपाल सोसाइटी (फुनेसो) को आयोजनामा तनहुँको किहुँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ’ भन्ने मुल नाराका साथ आगामी जेठ १३ गते भिमाद नगरपालिका १ स्थित किहुँमा शिविर सञ्चालन गर्न लागेकोे सोसाइटीका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो । ग्रामिण भेगका मानिसहरुले स्वास्थ्यलाई त्यति ध्यान नदिँदा विभिन्न खालका समस्याहरु आईरहेकाले ती समस्याहरुको केही मात्रामा भएपनि...
तनहुँ, १६ चैत्र । तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ-१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो । ...
चितवन, १६ चैत्र । आगामी वैशाख १० गते चितवन-२मा हुने प्रतिनिधी सभा सदस्यका लागि उपनिर्वाचनमा नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले चितवनका पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ...
गैँडाकोट, १६ चैत्र। आज बिहीबार रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा...
गैँडाकोट, १६ चैत्र । गैँडाकोटमा सर्पको टोकाईबाट एक जना बालिकाको मृत्यु भएको छ । नगरपालिका वडा नम्बर १६ स्थित अमरापुरीमा डेरामा परिवार संग बस्दै आएकी ९ वर्षिया वालिका मनिसा आले मगरको बुधवार बिहान करेट सर्पको टोकाईबाट ज्यान गएको हो । वालिका आले मगरलाई सर्पदंश भएको समयमै यकिन नहुँदा तीन घण्टा पछि मात्र अस्पताल पुर्याइएको थियो । उनको समयमै उपचार हुन नपाउँदा ज्यान गएको हो । विषेश गरेर सर्पको मौसम भनेको चैतदेखि मङ्सिरसम्मलाई...
१५ चैत, काठमाडौं । आज देशभर नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्ब मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो ।...
गैंडाकोट, ११ चैत्र । गैंडाकोटमा गैंडाकोट दोस्रो मेयर कप अण्डर २३ युवा फुटबल २०७८ आयोजना हुने भएको छ । गैंडाकोट खेलकुद समितिको आयोजनामा यहि चैत्र १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता गैँडाकोट क्षेत्रिय रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा गैंडाकोट नगरपालिकाको प्रवद्र्धन, नगर युवा सञ्जाल गैंडाकोटको समन्वय तथा नवलपुर जिल्ला फुटबल संघ र युवा क्लब गैंडाकोट ४, ५ र ८ को सहयोग रहनेछ । आयोजक गैंडाकोट खेलकुद समितिले...
काठमाडौं, ११ चैत्र । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भएसँगै मुलुकको जनसांख्यिकीय अवस्थाबारे विविध पक्षहरु उजागर भएका छन् । राष्ट्रिय जनगणनाको पूर्ण विवरणले मुलुकको जनसंख्या मात्रै नभई साक्षरताको अवस्थादेखि विदेश पलायन भएकाहरुसम्मको अवस्थालाई देखाएको छ । विवरणमा अपाङ्गता भएका नागरिक र आर्थिक उपार्जनमा सक्रियहरुको आंकडासमेत समावेश छ । राष्ट्रिय जनगणना २०७८ को विवरण अनुसार कस्तो छ त मुलुकको अवस्था रु राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण अनुसार नेपालको कुल...