प्रदेश १
विराटनगर, ४ चैत्र। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए। कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत...
काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...
फाल्गुन १८, काठमाडौं प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको छ । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण हो । यसै खुसीयालीमा बिहीबार त्यस प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै...
काठमाडौं, माघ ,१६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ । ...
काठमाडौँ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत...
५ मंसिर । झापामा मत गणना जारी छ । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मत प्राप्त गरेका छन्।झापा–५ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। अघिल्लो...
इटहरी, असोज १५ इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भएका छन् । नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि उनी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्न लागेका हुन् । माओवादी पार्टी प्रवेश गर्न चौधरी केही माओवादी नेताहरुसँगै काठमाडौं हिँडेका छन् । प्रचण्डको हातबाट टीका लगाएर पूर्व मेयर चौधरीलाई आइतबार खुमलटारबाटै प्रवेश गराउने तयारी रहेको छ । स्थानीय चुनाबमा चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल...
इलाम, असोज ९ इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो...
झापा, १० साउन । कचनकवल गाउँपालिका–५ पाठामारीकी १७ वर्षीया अञ्जली गणेश बिहानै बगान जाने भएकाले आमा वैशाखी देवीले सधैँ ६ बजेभित्र खाना पकाइसक्थिन् । गत शुक्रबार पनि वैशाखीले अञ्जलीलाई खान पकाएर खुवाइन् । अनि टिफिन बक्समा दिउँसोका लागि खाजा पनि राखिदिइन् । अञ्जली खाजा बोकेर नजिकैको सुनकोसी चिया बगानतिर लागिन् । शुक्रबार साँझ उनका संगीहरू आए । तर, उनले चाहिँ ‘घर नआउने ’ खबर पठाइन् । त्यो रात उनी सानिमा...
झापा, ८ साउन । एउटै रूखमा झुण्डिएको अवस्थामा झापामा तीन किशोरी मृत फेला परेका छन् । केचनाकवल गाउँपालिका–५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया...