गण्डकी प्रदेश

गरिब विपन्न सदस्यलाई नारायणी सामुदायिक वनद्धारा ५ वटा घर हस्तान्तरण

गैंडाकोट, असोज १५ नारायणी सामुदायिक वन उपभोक्ता समूहले यसवर्ष गरिब विपन्न सदस्यलाई शुक्रबार ५ वटा घर हस्तान्तरण गरेको छ । १० औं वार्षिक साधारण सभाको अवसरमा निर्माण गरिएका ५ वटा घर उद्घाटन पश्चात गरिब विपन्न सदस्यलाई हस्तान्तरण गरेको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यलय नवलपुरका प्रमुख मोहनराज काफ्लेले अहिले बनेको नयाँ वन ऐनले वन व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन ऐनमा ५० प्रतिशत...

सुन्तला जात फलफूलले हराभरा बने पाखापखेरा

ज्ञानु पंगेनी गैंडाकोट, असोज १३ केही वर्ष अघिसम्म नाङ्गो पाखापखेरामा सीमित रहेको नवलपुरको गैंडाकोट नगरपालिका १८ को बसेनी, डोँडे, रतनपुर बस्तीमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । तराईको राजमार्गसँग जोडिएको गैंडाकोट नगरपालिकाको दुर्गम ठाउँका रुपमा गैंडाकोट १८ चिनिन्छ । सुन्तला जात फलफूल खेती सुरु गरिएको बसेनी, डोँडे गाउँ करिब १५ सय मिटर उचाइमा छ । यहाँको नाङ्गो पाखामा यसरी हरियाली भएको धेरै समय पनि भएको छैन् । २०७५–०७६ बाट प्रधानमन्त्री...

देबचुलीको दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने

देबचुली, असोज १२ नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नवलपुरसहित पाल्पा र तनहुँका...

मनाङमा पर्यटकको चहलपहल सुरु

मनाङ, असोज १२ करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहिलो सातासम्म कुल तीन हजार आठ सय...

एक महिनाभित्र सडक विस्तारको काम सन्तोषजनक नभए ठेक्का तोडिने अन्तिम चेतावनी

चितवन, असोज ११ चिनियाँ ठेकेदार कम्पनीलाई सरकारले एक महिनाभित्र सडक विस्तारको काम सन्तोषजनक नभए ठेक्का तोडिने अन्तिम चेतावनी दिएको छ । सडक विस्तारमा चरम ढिलासुस्ती गरेपछि ठेकेदारलाई एक महिनाको चेतावनी दिइएको हो । कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गरी एक महिनाभित्र काममा अपेक्षाकृत प्रगति नदेखिए सीधै ठेक्का तोडिने जनाएको हो । तोकिएको अन्तिम समयमा पनि काममा कुनै प्रगति नदेखिए ठेक्का तोडिने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो । ठेकेदारले सम्झौता अनुसारको न्युनतम शर्त...

नवलपुरमा पर्यटक आकर्षण गर्न ‘मिरायर’ स्पा तथा प्राकृतीक उपचार संञ्चालनमा

नवलपुर,असोज,१० । नवलपरासी वर्दघाट सुस्ता पूर्व नवलपुरमा रहेको चौधरी ग्रुपले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले ‘मिरायर’ होटल तथा स्पा सेन्टर संञ्चालनमा ल्याएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दे ‘मिरायर’ले जिल्लामा पर्यटकहरु संख्या बृद्धी गराउन एक करोड ५० लाखको लगानिमा ‘मिरायर’ संञ्चालनमा ल्याएको बताइएको छ । विशेष गरेर मिरायरमा आउने पर्यटकहरुले एकै स्थानमा गल्फ, स्पा, प्राकृतीक उपचार लगायतका सेवा पाउने छन । ‘मिरायर’का  क्यामेल फेरीयाले ‘मिरायर’मा पहिले गल्फ नै...

कावासोती नगरपालिकाको जलश्रोत संरक्षण , उपयोग तथा बाँडफाँड सम्बन्धी विद्येयक माथि छलफल l

कावासोती । कावासोती नगरपालिकाको जलश्रोत संरक्षण , उपयोग तथा बाँडफाँड सम्बन्धी विद्येयक ( मस्यौदा ) माथि छलफल तथा अन्तरकृया कार्यक्रम आइतबार नगरपालिकामा भएको छ । जनप्रतिनिधि र सरोकार राख्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र उपभोक्ता समेतको सहभागितामा भएको छलफल कार्यक्रमबाट नगरपालिकाले तयार पारेको विद्येयक अध्ययन गरेर सुझाव र परिमार्जन गर्नुपर्ने कुराहरू पेश गरिएको छ । विद्येक माथी पाँच वटा समूह बनाएर छलफल भएको थियो । जसमा परिच्छेद एकको दफा  ६ मा प्राथमिकीकरण गर्दा...

उन्नती कल्चरल भिलेज गैडाकोटमा दशै मेला

गैडाकोट,असोज,०८ ।  पूर्वी नवलपरासीको गैडाकोटमा रहेको सिजी उन्नती कल्चर भिलेजले दशै मेला आयोजना गरेको छ । शनिवार उन्नती कल्चर भिलेजको आयोजनामा नेपालीको महान पर्व बिजया दशमीको उपलक्ष्यमा दशै मेला आयोजना गरेको हो । कार्यक्रममा नेपालीको संस्कृती संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सांस्कृतीक कार्यक्रम  आयोजना गरिएको थियो । दशै मेलामा चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको थियो । प्रर्दशनीमा भिम प्रसाद शर्मा , बरुण बाबु घिमीरे , रश्मी अमात्य, सुरक्षा वाग्ले लगायतको...

जुगुन पाउरोटी उद्योगबाट ठूलो मात्रामा अखाद्य सामाग्री बरामद , म्याद नाघेको मैदाबाट पाउरोटी उत्पादान

देवचुली,असोज,०८।    नवलपुरको देवचुली नगरपालिका १५ प्रगतीनगरमा रहेको जुगुन पाउरोटी उद्योगबाट ठूलो मात्रामा अखाद्य सामाग्री बरामद गरिएको छ । उद्योग संचालक मराफिक अहमदलाई नियन्त्रणमा समेत लिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा उद्योगमा खानतलासी गर्दा उद्योगले उत्पादन गरेर सबै बेकर आइटम म्याद नाघेको मैदाबट उत्पादन भएको पाएपछि उद्योगलाइ कारवाहि प्रकृया अगि बर्ढाएको घरेले तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख सागर खनालले जानकारी दिनुभयो । उत्पादन गर्ने प्लान्टबाट २२...

बालिका अधिकारका बारेमा जनप्रतिनिधि र सरोकारवालाको भूमिका सम्बन्धी छलफल सुरु

कावासोती,असोज ७ ।   बालिका अधिकार संरक्षण र सम्बद्र्धनमा जनप्रतिनिधि र सरोकारवालाको भूमिका सम्बन्धी छलफल कार्यक्रम कावासोतीमा शुक्रबारदेखि सुरु भएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कावासोती नगरपालिका र देवचुली नगरपालिकाभित्रका जनप्रतिनिधि र सरोकारवाला विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधिहरूको सहभागिता रहेको छ । पहिलो दिन सहजकर्ता विष्णु खत्रीले सहजीकरण गर्दै बालिका अधिकारका सवालमा नेपालको प्रतिबद्धता , संवैधानिक तथा कानूनी व्यवस्था , बालिका सवालहरुको सम्बोधनमा स्थानीय...

Not Found