गण्डकी प्रदेश

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा गैँडाकोटमा म्याराथन प्रतियोगिता आयोजना

गैँडाकोट, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले गैँडाकोटमा सचेतनामुलक कार्यक्रम तथा म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । यस दिवसको अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले आयोजना गरेको ३२ यस मिटर म्याराथन दौडमा गैँडाकोट ११ का ४६ वर्षिय नरबहादुर भण्डारी...

गैँडाकोटमा मनाइयो वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहव्यापि कार्यक्रम

गैँडाकोट, ६ चैत्र । गैँडाकोटमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह २०७९ को छैठौ मनाइएको छ। डढेलोबाट हुने जन,वन,धनको क्षति न्युनिकरण लागि जनचेतना जागरण गर्ने अभिप्रायका साथ देशभर एकै पटक चैत्र १ गते देखि ७ गते सम्म डिभिजन वन कार्यालयले विभिन्न कार्यक्रमका साथ प्रदेश मन्त्रालय,वन निर्देशनालय र समुदायसंग समन्वय गरि प्रत्यक बर्ष वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह कार्यक्रम सञ्चालन गर्ने वन तथा भु संरक्षण मन्त्रालयले परिपत्र गरेको थियो...

नेपाल दरै उत्थान समाज नवलपुरको अध्यक्षमा गौतम

गैँडाकोट, ५ चैत्र । नेपाल दरै उत्थान समाज जिल्ला कार्यसमिति नवलपुरको अध्यक्षमा गौतम दरै निर्वाचित हुनु भएको छ । गैँडाकोट ८ प्राकृतिक मन्दिरमा भएको पाँचौ जिल्ला अधिवेशनले गौतमका अध्यक्षतामा ११ नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दिपक दरै, सचिवमा धिरज दरै, कोषाध्यक्ष राम माया दरै, सह सचिव अर्जुन दरै, सह कोषाध्यक्ष स्मुति दरै चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा पारस बहादुर दरै, तिर्थ बहादुर दरै,भिम बहादुर दरै र...

एलिगन्ट किड्स मन्टेश्वरीका १७ बालबालिका दीक्षित

गैँडाकोट, ५ चैत्र । गैँडाकोटको एलिगन्ट किड्स मन्टेश्वरीमा दीक्षान्त कार्यक्रम एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका वडा नम्वर ५ स्थित रहेको उक्त मन्टेश्वरीले शनिबार अभिभावक दिवस समारोहको अवसरमा १७ जना बालबालिकालाई दीक्षित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमन ढकाल, विद्यालयका प्रध्यान्याद्यापक गंगा ढकाल सापकोटा, गैँडाकोट नगरपालिका वडा नम्वर ५ की वडासदस्य शान्ति न्यौपाने लगायतले उनीहरुलाई दीक्षित गर्दै...

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो

गैडाकोट । गैंडाकोटमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ । गैडाकोट नगरपालिका वडा नम्वर २ स्थित शिलान्यास चोकमा ११ करोड लगानीमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट नामको होटल सञ्चालनमा आएको हो । ११ बर्ष भारत तथा १९ बर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले गैंडाकोटमा व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा विबाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका...

रामसहायप्रसाद यादव बने तेस्रो उपराष्ट्रपति

काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...

गैँडाकोट महोत्सव सम्पन्न, सात करोडको कारोबार

गैँडाकोट, १ चैत्र । “आर्थिक विकासको मुल आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ गैँडाकोटस्थित नारायणी नदी किनारमा  १० दिनसम्म सञ्चालन भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सव बुधबार समापन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकीका सबै उद्योग वाणिज्य संघको सहयोगमा फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म महोत्सव सञ्चालन भएकोे हो । बुधबार गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले महोत्सवको...

नेपाल लघुवित्त बैंकर्स संघद्वारा गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन

गैँडाकोट, १ चैत्र । नेपाल लघुवित्त बैंकर्स संघले गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरेको छ । बुधबार नवलपुर भित्रका १३ वटा लघुवित्त संस्थाका लघुवित्तकर्मी एवं सदस्यहरुले गैँडाकोटको भृकुटी चेकदेखि फ्यामिलीक्याफेसम्म ¥याली निकालेका थिए । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले आर्थिक लगानी गर्दा निकै सचेत हुनुपर्ने बताउनुभयो । लगानीकर्ताको लापरवाहीका कारण नै रकमको हिनामिना हुनेगरेको उल्लेख गर्दे...

कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

तनहुँ, ३० फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षक-शिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न...

विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुग्यो

काठमाडौं, ३० फागुन । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर...

Not Found