गण्डकी प्रदेश
बैशाख १७, काठमाण्डौं गैंडाकोट १० भैसाखोरीमा शनिबार देखि नगरस्तरीय प्रथम वडाध्यक्ष भेट्रान फुटबल कप सुरु भएको छ । स्थानीय युवा क्लब सुनगाभा युवाक्लबको आयोजना तथा गैंडाकोट १० को आर्थिक सहयोगमा उक्त कप सुरु भएको हो । करिब ४० वर्ष भन्दा माथिका खेलाडीहरुको शारिरिक तन्दुस्ती, स्वास्थ्य र मनोरञ्जनलाई एकसाथ आत्मसाथ गर्दै खेलको सुरुवात गरिएको सुनगाभा युवा क्लबका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले बताउनुभयो । खेलमा गैंडाकोट नगरपालिकाका १८ वटै वडामा खेल खेल्नका...
नवलपुरको गैँडाकोटबाट एक युवक बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ शान्तिश्री टोल घर भएका २१ वर्षका डेभिड तिमिल्सिना गत विहिवारदेखि सम्पर्क बाहिर रहेको परिवारले जनाएको छ । गैँडाकोटकोे अक्सफोर्ड कलेजमा सिभिल ईन्जिनियरिङ फोर्थ सेमेस्टरमा पढ्दै गरेका उनि हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । घरबाट कलेज जान्छु भनेर हिडेका उनि कहाँ गए भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन । उनले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर गएको आमा...
बैशाख १२, गैंडाकोट मंगोल नेश्नल अर्गनाईजेशनका उम्मेदवारहरुले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा भएको खर्चको विवरण सार्बजनिक गरेका छन् । निर्बाचन भएको ३५ दिन भित्र निर्वाचन आयोगमा विवरण पेश गरिएको खर्च विवरण सार्बजनिक गरिएको मंगोल नेश्नल अर्गनाईजेशन जिल्ला सभा नवलपुरले एक प्रेस विज्ञप्ति मार्फत खर्च विवरण सार्बजनिक गरिएको हो । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम छिरि शेर्पाको निर्वाचन खर्च १ लाख १५ हजार...
पोखरा, वैशाख ९ आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यतालिका रहेको छ । माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । आज दिउँसो ३ बजे विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक को कार्यतालिका रहेको छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ । आज...
बैशाख ८, कावासोती विकू बचत तथा ऋण सहकारी संस्था लि. ले कावासोतीमा ३५ दिने सिपमुलक तालिमको उद्घाटन गरेको छ । कावासोतीको स्वस्तिक बैंक्वटमा आज सो तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । सिपमुलक तालिम अन्तर्गत ब्युटिसियन, वेटर÷वेट्रेस, मोबाईल फोन मर्मत तालिम दिन लागिएको हो । यो तालिम विकूले आफ्ना सेयर सदस्यहरुलाई तालिम प्रदान गरि आर्थिक उपार्जन तथा ब्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि सो तालिमको सुरुवात गरेको हो । तालिम यहि वैशाख...
बैशाख ७, गैंडाकोट गैंडाकोट वडा नं. ११ को गणेश मन्दिर प्राङ्गणमा आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औशीको अवसर पारेर ७५ वर्ष भन्दा माथिका वृद्धा आमाहरुलाई एक कार्यक्रमका बिच बिहिबार सम्मान गरिएको छ । जेष्ठ नागरिक समाज वडा नं. ११ को आयोजना तथा गैंडाकोट वडा नं. ११ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाका ७५ वर्ष भन्दा माथिका ५५ जना वृद्धा आमाहरुलाई च्यवनप्रास र हरेराम हरेकृष्ण अंकित...
बैशाख ७, गैंडाकोट गैंडाकोट वडा नं. १० मा माता तिर्थ औशीको अवसर पारेर ७५ वर्ष भन्दा माथिका वृद्धा आमाहरुलाई एक कार्यक्रमका बिच बिहिबार सम्मान गरिएको छ । कार्यक्रममा वडाका ७५ वर्ष भन्दा माथिका ८६ जना वृद्धा आमाहरुलाई वडा लगायत विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा सम्मान गरिएको हो। उनीहरुलाई नगद ५०० रुपैया प्रदान गर्दै हरेराम हरेकृष्ण अंकित दोसल्ला ओढाई सम्मान गरिएको हो । आमाको मुख हेर्ने पवित्र दिनको अवसर पारेर वृद्धा...
गलेश्वर, वैशाख ६ मोटरसाइकलको ठक्करबाट म्याग्दीमा चितुवाको मृत्यु भएको छ । गए राति बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नं को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । चितुवा मोटरसाइकलसित सडक पार गर्दै गरेको अवस्थामा ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट...
बुलिङटार । नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गरूङले एमालेले देश बनाउने याेजना स्पष्ट रूपमा जनताकाे बीचमा लैजादा देशी बिदेशीकाे घेराबन्दीमा परेकाे बताउनु भएकाे छ । चुनावमा प्रत्यक्ष रूपमा अन्य दलहरूकाे गठबन्धन भयाे त्याे एमालेलाई राेक्न मात्र थिएन राष्ट्रकाे प्रगति राेक्ने काम भयाे उहाले भन्नुभयाे-“अहिले एमाले सरकारले ल्याएका काम हेर्नुहाेस् र गठबन्धन संग तुलना गर्नुहाेस् त्याे तुलाेमा एमालेलाई उठाउन गठबन्धनले सक्दैन ” । नेकपा (एमाले) बुलिङटार गाउँपालिका स्तरिय...
चोरमारा । मध्यविन्दु नगरपालिकामा विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको क्षेत्रमा नयाँ नीजि विद्यालय स्थापनाको प्रक्रिया अगाडी बढेको प्रति मध्यविन्दुका सामुदायिक विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सोमबार नगरउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउदै विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको स्थान नजिकै नीजि विद्यालयलाई स्थापनाको अनुमति प्रदान गर्न लागिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । मध्यविन्दु–२ को सेहरीमा रहेको...