बाग्मती प्रदेश

चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्षमा मरे ३६ गैँडा

चितवन, २२ असार । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ। सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको...

सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

चितवन । भूमिहिनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे महानगर प्रमुख रेनु दाहालको चासो दिनु भएको छ ।भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राख्नु भएको हो ।आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ गर्नुभएको थियो । आयोगका अध्यक्ष तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग...

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन चितवनमा ‘रोजगार मेला’ हुने

चितवन । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ । यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र ९चितवन एक्सपो सेन्टर० मा हुने मेलाले जिल्लामा न्युन स्तर र...

काठमाडौंको केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला, परिवारले शब उठाउन मानेनन्, हत्याको आशंका

असार १९, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको चमेना गृहमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी होस्टलको कोठामा मृत भेटिएकी थिइन् । झुन्डिएको भएपनि शरीर भुँईमा लत्रिएकाले उनको हत्या भएको परिवारले आशंका गरेका कारण शव परिवारले नै अझै उठाउन दिएका छैनन् । मृतकका आफन्त श्याम खत्रीले साँझ ५ बजेतिर घटना थाहा पाएको होस्टल प्रशासनले बताएपनि ७ बजेपछि मात्र परिवारलाई जानकारी गराएको दावी गरेका...

छोरीको बलात्कार मुद्दामा बयान फेर्ने आमालाई चितवन अदालतले जेल पठायो

चितवन, १७ असार । बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा शान्ति तामाङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी थिइन्। सोही अनुसार अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा बालिका बलात्कारको मुद्दा चलायो। २०७८ चैत ४ गतेको घटना भनेर...

घडियाल प्रजनन केन्द्रमा ४९६ बच्चा कोरलिए

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन...

चितवनमा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जना पक्राउ

चितवन, १३ असार । जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

भरतपुर महानगरपालिकाको बजेट ५ अर्व ७४ करोड ४२ लाख

चितवन, १० असार । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेटको सिलिङ बढाएको छ । अघिल्लो आर्थिक बर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार बराबरको बजेट बढाएको हो । महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षका लागि ४ अर्व ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बिनियोजन गरिएको थियो । महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय...

भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन । भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगरमा माध्यमिक विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताउनुभयो । रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको गरेको प्रमुख दाहालको भनाई थियो । भरतपुरलाई खेलकुद हब निर्माण गर्ने...

चितवनमा भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

चितवन, ८ असार– चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ । स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त...

Not Found