मधेश प्रदेश

नाबालिका जबर्जस्ती करणीको आरोपमा निजगढ नगरपालिका २ का वडा अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी

बारा, असोज २६ एक नाबालिकाले जबर्जस्ती करणीको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यालय निजगढमा पीडितका तर्फबाट जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध...

हरिणको आक्रमणबाट महोत्तरी बर्दिबास नगरपालिकास्थित जङ्गलमा वृद्धाको मृत्यु

श्रावण २४ महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । ...

चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, हत्या आरोपमा १२ देखि १९ वर्षसम्मका चार जना पक्राउ

वीरगञ्ज, ११ साउन । वीरगञ्ज महानगरपालिका–२ छप्कैया घर भएकी ४ वर्षीया बालिका साउन ५ गते साँझ ७ बजेतिर हराइन् । परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँले बालिकाको खोजीमा जुटे । साउन ७ गते बिहान छप्कैयास्थित झाडीमा बालिकाको शव भेटियो । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद...

कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

जलेश्वर,६ साउन । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्। बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको...

तीन महिनाअघि बलात्कार, अहिले जबरजस्ती गर्भपतन

बारा, ३० जेठ । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति...

सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन सार्वजनिक बिदा

सप्तरी, ९ जेठ । चुनाव जितेर आउन नपाउँदै सप्तरीमा रुपनी गाउँपालिका अध्यक्षमा विजयी लोकतान्त्रिक समाजवादी पार्टीका दिनेशकुमार यादवले अनौठो हर्कत गरेका छन् । उनको विजय उत्सव मनाउन उनकै निर्देशनमा गाउँपालिकाभरि सार्वजनिक बिदा दिइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ । “स्थानीय तह निर्वाचनमा...

वीरगञ्जमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने

वीरगञ्ज, ८ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । चुनावी तालमेल सम्बन्धी सम्झौतापत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । दुवै पार्टीका नेताहरुले बिहीबार बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा...

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरी, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा...

रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस

सप्तरी, १६ चैत । रगत अभावका बेला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो । पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा जिल्ला...

चैतको चर्को घाम र हावाबतासबीच डढेलोले सखाप हुँदै वन

महोत्तरी, १० चैत । दिनदिनै बढेको डढेलोले जिल्लाको वन क्षेत्र उजाड हुँदैछ । चैतको चर्को घाम र हावाबतासबीच डढेलो लाग्ने क्रमले वन क्षेत्र उजाड हुँदै गएको हो । अहिले पूर्वपश्चिम राजमार्गका वारिपारि वन क्षेत्रमा एकाबिहानैदेखि धुँवाको मुस्लो जताततै देखिन्छ । डढेलोसँगै काँचा लाथ्रा काटिने क्रम बढेपछि जिल्लाको वन क्षेत्र उजाड हुँदै गएको जनाइएको छ । जिल्लाको बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ...

Not Found