मधेश प्रदेश
१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । सरकारले आफूहरुको मागप्रति वेवास्ता गरेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक ¥याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासमानले बताए । मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा...
काठमाडौँ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत...
नवलपरासी, १९ मंसिर । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा यसवर्ष धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । “यो...
बारा, असोज २६ एक नाबालिकाले जबर्जस्ती करणीको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यालय निजगढमा पीडितका तर्फबाट जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध...
श्रावण २४ महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । ...
वीरगञ्ज, ११ साउन । वीरगञ्ज महानगरपालिका–२ छप्कैया घर भएकी ४ वर्षीया बालिका साउन ५ गते साँझ ७ बजेतिर हराइन् । परिवारले दिएको सूचनाको आधारमा प्रहरी र गाउँले बालिकाको खोजीमा जुटे । साउन ७ गते बिहान छप्कैयास्थित झाडीमा बालिकाको शव भेटियो । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बलात्कार र हत्यामा संलग्न ३ नाबालक र १ जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) प्रह्लाद...
जलेश्वर,६ साउन । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्। बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको...
बारा, ३० जेठ । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति...
सप्तरी, ९ जेठ । चुनाव जितेर आउन नपाउँदै सप्तरीमा रुपनी गाउँपालिका अध्यक्षमा विजयी लोकतान्त्रिक समाजवादी पार्टीका दिनेशकुमार यादवले अनौठो हर्कत गरेका छन् । उनको विजय उत्सव मनाउन उनकै निर्देशनमा गाउँपालिकाभरि सार्वजनिक बिदा दिइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ । “स्थानीय तह निर्वाचनमा...
वीरगञ्ज, ८ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । चुनावी तालमेल सम्बन्धी सम्झौतापत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । दुवै पार्टीका नेताहरुले बिहीबार बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा...