प्रदेश

भरतपुर महानगरभित्र भइरहेको पूर्वाधार निर्माणको काम ढिलासुस्तीबारे मेयरको दाहालको रिर्पोटिङ्ग

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगर भित्रका पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती बारे उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण  काजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभएको छ । भरतपुर महानगरकै सभा हलमा आज विहान भएको छलफल कार्यक्रममा महानगरकी मेयर दाहालले बाइपास सडक निर्माणमा ठेकेदारको लापरवाही र ढिलासुस्तीको विषयमा ध्यानाकर्षण गराउनुभएको हो । साढे चार किलोमिटरको बाइपास सडक, निर्माण सुरु गरेको सातवर्ष पुग्दापनि सम्पन्न नभएको जानकारी गराउनुभयो । यस्तै गोन्द्राङ–पुलचोक सडक खण्ड ६...

निर्माण व्यवसायीहरुलाई इमान्दारिता देखाउन मन्त्री श्रेष्ठको आग्रह

चितवन । उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरुलाई इमान्दारितापूर्वक कामगर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरमा निर्माणाधिन सडकको स्थलत निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको कारण इमान्दारिता देखाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो । आँपटारी–बसपार्कचोक सम्मको बाइपास सडक, गोन्द्राङ– पुलचोकको ६ लेन सडकको स्थलगत निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले गुणस्तरीय काम सम्पन्न हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले कामलाई प्राथमिकतामा राखेको बताउनुभयो...

वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गैँडाकोट, २९ पौष वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटले ४० जना गरिव तथा विपन्न विद्यार्थीलाई न्यानो कपडा (ट्रेक सुट र टोपी) वितरण गरेको छ । जाडो बढ्न सुरु भएसँगै गैँडाकोट नगरपालिका १८ बसेनीमा रहेको श्री विरेन्द्र आधारभूत विद्यालयका वालविकासदेखि कक्षा ७ सम्म अध्ययनरत ४० जना विद्यार्थीलाई मञ्चले विहीबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो । वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटका अध्यक्ष दण्डपाणी सिग्देलका अनुसार जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई...

उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्न

  भरतपुर चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा माननीय उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्नभएको छ । चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्षएवम् नीतिनिर्माण समन्वय तथाऔद्योगिक पाठशाला सञ्चालन विभागका संयोजकयुग राज वस्तीले संघले अघि सारेका महत्वपूर्ण परियोजना चितवन प्रदर्शनी केन्द्र, प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक पाठशाला, औद्योगिक शिक्षालय, बिक्री केन्द्र, वर्तमान समयमा...

बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर छ : मध्यविन्दु नगरप्रमुख अधिकारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पुस २८  मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरपालिकाले बालअधिकारको संरक्षण र प्रत्याभूति गर्न नगरपालिका गम्भीर रहेको बताउनु भएको छ । उहाँले मध्यविन्दु नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउन सुचाङ्कको आधारमा आवश्यक पूर्वाधारको तयारी गरिरहेको बताउनु भएको छ । नगरभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगलिक अवस्थितिको कारण बालमैत्री स्थानीय तह निर्माणका केही सुचाङ्कहरु तत्काल पुरा गर्न हालको अवस्थामा कठिन देखिएपनि क्रमशः नगरपालिका भित्र बालमैत्री वातावरण तयारीको लागि...

नवलपरासी चितवन पराल तथा भुस ब्यवसायी संघको ११ औैं साधारण सभा सम्पन्न

पौष २५, गैंडाकोट नवलपरासी चितवन पराल तथा भुस ब्यवसायी संघको समस्याहरु समाधान गर्न गैंडाकोट नगरपालिका हरदम तयार रहेको गैंडाकोट नगरपलिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । समस्याको सम्पूर्ण अवस्था थाहा भएपनि ब्यवसायिहरु नगरपालिकामा आएर आधिकारिक छलफल नभएका कारण समस्या यथावत रहेको उहाँको भनाई थियो । सोमबार गैडाकोटमा भएको संघको ११ औैं साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । सभामा संघका अध्यक्ष नरहरी सापकोटाले नगरप्रमुख अधिकारी समक्ष ब्यवसायीले भोगेका...

मेयर दाहालद्धारा बेतरी खोलामा पुलको शिलान्यास, दुई वर्षभित्र बन्ने

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमको वडा नम्बर २७ मा पर्ने बेतरी खोलामा पुलको शिलान्यास गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बीच मेयर दाहालले  २० मिटर लम्बाईमा निर्माण हुने पुलको शिलान्यास गर्नुभएको हो । पुल निर्माणपछि भरतपुर–२७ मा पर्ने तेलौली बजार, धरमपुर, बुद्धनगरमा जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बाढीले भत्काएको पुल नबन्दा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ३ करोड ३४ लाख १३ हजार लागतमा पुल निर्माण हुन...

नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

पौष २५, पोखरा नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेता अधिकारीले नेकपा (एमाले) सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्नुभएको थियो । गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य रहेका...

प्रचण्ड मार्गमा मेयर रेनु दाहालद्वारा वृक्षरोपण कार्यक्रमको उद्घाटन

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर-२५ को शंकरचोकमा वीरेन्द्र फुलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गर्नुभएको छ । करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि-गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरका पहिलो चरणमा सबै ठुला ठुला...

कावासोती खानेपानीको पहिलो निर्णय : निवेदन दिएको २४ घण्टाभित्र अतिरिक्त शुल्क बिना उपभोक्ताको घरमा धारा जडान

कावासोती नवलपुर कावासोती । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहिलो बैठकले उपभोक्तालाई धारा माग गरेको २४ घण्टामा धारा जडान गरिदिने लोकप्रिय निर्णय गरेको छ । कावासोती खानेपानीको आज बसेको नयाँ कार्यसमिति र लेखासमितिको बैठकले उपभोक्ताले धारा माग गरेको निवेदन अनुसार आवश्यक कागजात पुरा भएको २४ घण्टा भित्र सम्बन्धित उपभोक्ताको घरमा धारा जडान गरिदिने निर्णय गरेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो । ‘हामी...

Not Found