प्रदेश

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको लिने तय भएको छ । ...

कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न मोरङमा निधेषाज्ञा

विराटनगर, ४ चैत्र। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए। कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत...

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो

गैडाकोट । गैंडाकोटमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ । गैडाकोट नगरपालिका वडा नम्वर २ स्थित शिलान्यास चोकमा ११ करोड लगानीमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट नामको होटल सञ्चालनमा आएको हो । ११ बर्ष भारत तथा १९ बर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले गैंडाकोटमा व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा विबाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका...

रामसहायप्रसाद यादव बने तेस्रो उपराष्ट्रपति

काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...

प्रथम चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न

भरतपुर ,०२, चैत्र ।    चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा  “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ को सभाहलमा बिहिबार भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । नेपाली...

गैँडाकोट महोत्सव सम्पन्न, सात करोडको कारोबार

गैँडाकोट, १ चैत्र । “आर्थिक विकासको मुल आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ गैँडाकोटस्थित नारायणी नदी किनारमा  १० दिनसम्म सञ्चालन भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सव बुधबार समापन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकीका सबै उद्योग वाणिज्य संघको सहयोगमा फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म महोत्सव सञ्चालन भएकोे हो । बुधबार गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले महोत्सवको...

नेपाल लघुवित्त बैंकर्स संघद्वारा गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन

गैँडाकोट, १ चैत्र । नेपाल लघुवित्त बैंकर्स संघले गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरेको छ । बुधबार नवलपुर भित्रका १३ वटा लघुवित्त संस्थाका लघुवित्तकर्मी एवं सदस्यहरुले गैँडाकोटको भृकुटी चेकदेखि फ्यामिलीक्याफेसम्म ¥याली निकालेका थिए । नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले आर्थिक लगानी गर्दा निकै सचेत हुनुपर्ने बताउनुभयो । लगानीकर्ताको लापरवाहीका कारण नै रकमको हिनामिना हुनेगरेको उल्लेख गर्दे...

वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको हो । उहाँले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने पनि बताउनुभएको छ । उहाँले...

कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

तनहुँ, ३० फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षक-शिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न...

‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? ’ : केपी ओली

काठमाडौं, ३० फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताउनुभयो । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालजेलमात्र छ । कसले प्रतिस्पर्धा गरेको छ ?’ ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’ उहाँले प्रश्न गर्नुभयो । ओलीले अहिलेको...

Not Found