लुम्बिनी प्रदेश

तनाव खेप्न नसकी बेहोस भएपछि लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

बुटवल, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई अस्पताल भर्ना गरिएको हो । सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् । अस्पतालका मेडिकल...

चितवनका पत्रकार पराजुलीको कथासंग्रहमाथि कोहलपुरमा चर्चा

बाँके, २९ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रहमाथि परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल तथा परिचर्चा गरेको हो । प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् । “बानी, व्यहोरा र पढाइको समेत...

बाँकेमा घरबेटीको अन्तिम संस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

बाँके, २६ जेठ । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल बिहीबार बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको...

१६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

काठमाडौंँ २५ जेठ । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेकी छन् । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय...

नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलाउने व्यक्ति पक्राउ

नवलपुर, २४ जेठ । नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाँउपालिका वडा नं ४मंगलापुर बस्ने २८ वर्षिय हंशराज यादव रहेका छन् । यादवलाई मंगलबार दिउसो २ बजे सुनवल नगरपालिका ९ बनकट्ी बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक क्रषिराम कँडेलले जानकारी दिनु भयो । यादबको साथबाट पेस्तोल सहित, एक थान म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको कँडेलले बताउनु भयो । ...

रुपन्देही बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत

रुपन्देही, २३ जेठ । । रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै नौ जनाको सनाखत भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जनामध्ये एक जना महिला र ८ जना पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीय राजेन्द्र...

खोलामा खसेर ‘जिन्दगी’ले नौ जनाको ज्यान लियो

रुपन्देही, २२ जेठ । बसमा लेखिएको छ जिन्दगी । खोलामा खसेर ‘जिन्दगी’ले नौ जनाको ज्यान लियो । रुपन्देहीको भैरहवानजिक रोहिणी खोलामा बस खस्दा मृत्यु भएका नौमध्ये पाँचजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, तिलोत्तमा योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपहानगरपालिका–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीय दिनेश दासको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका भारतका अरविन्द्र शर्माको पनि पहिचान खुलेको छ...

ठूला भ्रष्टाचारी उम्किन्छन्, घुससहित अमिन पक्राउ

भैरहवा, १७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीलाई समातेर कारबाही गर्न खासै नसकेपनि साना कर्मचारीलाई भने घुससहित पक्राउ गर्दै आएको छ । यसै क्रममा अख्तियारको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई उनकै निवासबाट पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवलमा रहेको टोलीले अमिन रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको जनाएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१२ स्थित जग्गाको अवस्था साविक बमोजिम गरिदिने भन्दै सेवाग्राहीबाट ३०...

नवलपरासीका १० स्थानमा राति ८ बजेसम्म मतदान हुने

परासी, ३० वैशाख । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान जारी रहने भएको छ । पानी परेका कारण केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको हो । मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी छ । सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो ।ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण...

किन आयो भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा ?

बुटवल, २८ वैशाख । भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ २ गते हुन गइरहेको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाको टोली रुपन्देही आएको हो । भारतीय वायुसेनाको इलुसियन विमान आइसी–७६ दिल्लीबाट काठमाडौँ हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीबाट उडेको उक्त...

Not Found