कर्णाली प्रदेश
काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...
काठमाडौं, माघ ,१६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ । ...
काठमाडौँ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत...
काठमाडौं, कात्तिक २३ चुनावी दौडाहाका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ । प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र...
२२ असोज, काठमाडौं जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि...
धनगढी, भदौ २१ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रशिक्षणमा मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताउनुभयो । सीट दाबीबारे पत्रकारको प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताउनुभयो । ‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका...
सुर्खेत, २४ असार । जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना तोकेको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात–सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो । अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई समेत ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरले यौन दुर्व्यवहार...
मुगु, २४ चैत । मुगु जिल्लाको रारा विमानस्थलमा विमान आउन छाडेपछि जहाजको प्रतीक्षामा बसेका यात्रीले सास्ती व्यहोर्नुपरेको छ । नियमित रूपमा उडान भर्दै आएका निजी एयरलाइन्सले उडान रोकेपछि मुगु आउने र बाहिर जाने यात्रु मर्कामा परेका हुन् । तारा एयर, गोमा एयर र सीता एयरले नेपालगन्ज विमानस्थलबाट रारा ताल्चा विमानस्थलका लागि दैनिकरूपमा चारदेखि पाँच पटकसम्म उडान भर्दै आएका थिए । तर, हाल ती एयरलाइन्सहरूले पूर्वी नेपालमा उडान बढाएकाले केही समयका लागि...
कर्णाली, २३ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो । अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । “हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उहाँले...
काठमाडौं, २२ चैत । निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले...