सुदूरपश्चिम प्रदेश
काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...
काठमाडौं, माघ ,१६ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ । ...
काठमाडौँ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत...
२० मंसिर । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए। ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ। उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो...
पर्वत,१९ मंसिर । वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरूका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ। पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो। विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए...
१० मंसिर, इलाम । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् । अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै...
काठमाडौं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा झण्डै ८ हजार मतले अग्र स्थानमा रहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतप्राप्त गर्नु भएको छ । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएको छ । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना...
महेन्द्रनगर, ४ मङ्सिर। बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उहाँका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका...
कैलाली, कात्तिक २३ डोटीमा भूकम्पमा परी ज्यान गुमाउने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका– ३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्किएर मृत्यु भएका ६ जनाकै सनाखत भएको डोटी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८...
काठमाडौं, असोज २९ स्वतन्त्र उम्मेदवार सागर ढकाललाई रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा समर्थन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको हो । शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो । राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष...