लुम्बिनी प्रदेश

रामसहायप्रसाद यादव बने तेस्रो उपराष्ट्रपति

काठमाडौं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । ...

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा गर्ने -निर्वाचन आयोग

काठमाडौं, माघ ,१६ ।  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागी निर्वाचन आयोगले मिति तोकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्नेगरी सोमबार मिति तोकेको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिँदैछ । तेस्तै उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल चैत ४ मा सकिँदैछ । ...

प्रदेशमा पनि यसरी पल्टियो पासा, सातै प्रदेशमा कांग्रेस आउट !

काठमाडौँ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत...

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

मध्यविन्दु, ६ पुस । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।“गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उहाँले...

नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौं, २५ मंसिर। नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ। निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो। निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिइन्। उनकाअनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ।नेपाल वायुसेवा निगमका अध्यक्ष...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौँ, २३ मंसिर। बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द...

छोरी भेट्न गएकी महिलाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु

कास्की, २३ मंसिर । पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको हो । घर्ती मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न पोखरा–१८ सराङकोटकी पुगेकी थिईन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् । उनको घटना स्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर किरण राउतले जानकारी...

रातारात दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

दाङ, २० मंसिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट राताराता दाङ सारिएको छ।अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो। सोमबार राति साढे १० बजेतिर मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर मुख्यमन्त्रीसहितको टोली बुटवलबाट स्थायी राजधानी देउखुरीका लागि हिंडेको थियो । मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्।यससँगै बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ । लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले...

राष्ट्रिय प्रजातन्त्र पार्टीका बोहोरा, जसले नवोली चुनाव जिते

काठमाण्डौँ, १० मंसिर । सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार हुनुहुन्छ, जो बोल्दै नबोली विजयी हुनुभएको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा हुनुन्थ्यो । उहाँ अहिले पनि बोल्नुहुँदैन् । उहाँले मतदातासँग भलाकुसरी नै नगरी, दोहोरो संवाद नै नगरी, कुनै पनि चुनावीसभालाई सम्बोधन...

नवलपरासी २ मा राप्रपाका प्रधानलाई दोब्बर मतको अग्रता

नवलपुर, ६ मंसिर । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान ६८९६ मत सहित अगाडि रहनु भएको छ । प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि रहनु भएको हो । यस क्षेत्रमा यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको क्षेत्र हो । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् । प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन्...

Not Found