अर्थ-वाणिज्य

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्दै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने बताईएको छ । बुधबार सार्वजनिक पत्र अनुसार मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने जनाईएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।’ अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत...

१४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने , महोत्सव पौष २५ गते देखि माघ ४ गतेसम्म सञ्चालन हुने

चितवन, १९ पौष । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले मंगलवार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौष २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट...

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

कास्की, पुस १५,कृष्ण दवाडी। देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ।यही पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्। शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका...

मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा सम्पन्न

गैँडकोट, १० पौष नवलपरासीे (बर्दघाट सुस्ता पूर्व) गैडाकोट–११, हर्कपुर मा अवस्थित मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीको प्रमूख आथित्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अधिकारीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लागनी गर्न आग्रह गर्नुभएको थियो । साथै राजगार दिने खालका कार्यक्रममा लगानी गर्नसमेत जोड दिनुभएको थियो । सो अवसरमा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, गैँडाकोट...

सातामा सुनको कारोबार : प्रतितोला चार सयले बढ्यो

काठमाडौं, ९ पौष । नेपाली बजारमा यो साता  सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा चार सयले सुनको भाउ उकालो लागेको जानकारी दिएको हो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ थियो । महासंघले यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी...

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

मध्यविन्दु, ६ पुस । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।“गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उहाँले...

नेपाल प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

काठमाडौं, ५ पौष । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो ।...

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र

चितवन, ३ पुस । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौँ, २३ मंसिर। बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द...

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौं, २३ मंसिर नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ । ...

Not Found