अर्थ-वाणिज्य

फेरि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं, २४ फागुन । बुधबार छापावाला सुन प्रतितोला एक हजार रूपैयाँले घटेको छ। मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको सुन बधबार एक लाख एक हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको...

मंगलबार सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ फागुन । मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ। आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।   ...

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ फागुन। आइतबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बढेको छ । आज सुनको मुल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको हो । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तीन सय छ...

गैँडाकोटमा भोलिदेखि सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा

गैँडाकोट, २० फाल्गुन नवलपरासी ( बर्दघाट सुूस्तपुर्व) को गैँडाकोटमा आइतबारदेखि सुरु हुने प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सवको सम्पुर्ण तयारी पूरा भएकोे छ । शनिबार पत्रकार सम्मेलन गरीे आइतबारदेखि चैत्र १ गतेसम्म गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुँने उक्त औद्योगिक व्यापार मेला महोत्सवको तयारी पुरा भएको महोत्सब संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले जानकारी दिनुभयो । “आर्थिक विकासको मुल आधार ः कृषि,...

चितवनमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी : प्रवेश नि:शुल्क

चितवन । चितवनमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी हुने भएको छ । यही माघ २७ देखि २९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रर्दशनीको तयारी अन्तीम चरणमा पुगेको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रर्दशनी गर्न लागेको हो । प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका एक सय ५०...

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको निर्देशन : गलत गर्ने कसैलाई नछोड्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले, राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका हुन्। “राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ ।” प्रधानमन्त्रीले भने “नीतिगत सुधारको प्रयत्नबाट यी...

कावासोतीमा फागुन ३ गतेदेखि महोत्सव हुने

खगेन्द्र पराजुली, नवलपुर, माघ २४ । कावासोतीमा फागुन ३ गतेदेखि १३ गते सम्म महोत्सव हुने भएको छ । नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा सातौ नवलपुर महोत्सव हुने भएको हो । संघको सभाहलमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको औचित्यका संदर्भमा चर्चा गरिएको थियो । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं सातौ नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रर्वधन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र...

प्रेमप्रसादको नियति भोग्नु नपरोस् भन्दै चितवनका उद्योगी–व्यवसायी उत्रिए सडकमा

२३ माघ, भरतपुर उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा आज चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढ स्थित लायन्सचोकमा प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका उद्योगीव्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’ एकलअंकको व्याजदर कायम गर, भन्दै नाराबाजी विरोध कार्यक्रम गरेको छन । उद्योग वाणिज्य संघ चितवनको आव्हानमा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनवाई गर्न आलटाल...

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्दै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने बताईएको छ । बुधबार सार्वजनिक पत्र अनुसार मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने जनाईएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।’ अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत...

१४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने , महोत्सव पौष २५ गते देखि माघ ४ गतेसम्म सञ्चालन हुने

चितवन, १९ पौष । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले मंगलवार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौष २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट...

Not Found