मनोरञ्जन

‘नागिन’मा जोडिँदै ‘कोमोलिका’

काठमाडौं, ११ माघ। भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन् । यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन् । समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन् । उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन् । यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन् । उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन । त्यसो त उर्वशी अघि ‘नागिन...

‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

काठमाडौं, ९ माघ । फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् । फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र...

आमा बनिन् प्रियंका

काठमाडौं, ८ माघ । बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् । सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही...

‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा कसको स्वर ?

काठमाडौं, ७ माघ । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ । अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम प्रस्तुत गरिएको छ । अभिनेता श्रेयस तलपडेले अल्लु अर्जुनको भूमिकामा पुष्पाका लागि आफ्नो आवाज दिएका छन्...

चन्द्रागिरी डाँडामा हिउँ पर्न सुरु

काठमाडौं, ६ माघ। पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ । चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो । ...

नृत्यले आत्मसम्मान र आत्मविश्वास बढाउँछ : सुवास बुढाथोकी 

काठमाडौं, ६ माघ। ३८ वर्षसम्मको नृत्य अनुभव बोकेका भक्तपुर चाँगुनारायणमा जन्मिएका सुवास बुढाथोकी फेरि नृत्य निर्देशनमा फर्किएका छन् । केही समय अगाडि यस क्षेत्रबाट सन्यास नै लिए पनि कामको नृत्यको मोहले फेरि निर्देशनमा फर्किएको बताए । चलचित्रका गीत मात्र होइन उनी आफ्नै हिमालय कला मन्दिरमा समेत नृत्य सिकाइरहेका छन् । उनले एक दर्जनभन्दा बढी चलचित्रमा नृत्य सिकाइसकेका छन् । नृत्य निर्देशनमा राम्रो दखल भएकै कारण उनले शिव श्रेष्ठदेखि अन्य थुप्रै कलाकारसँग...

अभिनेत्री श्वेता खड्कालाई कोरोना पोजेटिभ

काठमाडौं, ४ माघ । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो । ...

कटरीना-विकीको विवाहमा सलमानलाई थिएन निम्तो

काठमाडौं, १ माघ । बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो । यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको...

‘ए मेरो हजुर-४’ टिजर रिलिज, १ वैशाखलाई रिलिज मिति तय

काठमाडौं, ३० पुस । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो । अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।   ...

बुलेटप्रुफ गाडी चढ्छन् यी बलिउडका सेलिब्रेटी

काठमाडौं, ३० पुस । बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक बिलासी जीवन बिताउन उतिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मन पराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ । अभिनेता आमीर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ । बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ । जुन आफैंमा बुलेटप्रुफ हो । ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ ।...

Not Found