स्वास्थ्य

नवलपुरमा सक्रिय संक्रमितको सख्या ५ सय नाघ्यो, बुधबार गैँडाकोटका २८ जनामा संक्रमण

गैँडाकोट, १२ माघ । नवलपुरमा बुधबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सवैभन्दा बढि गैँडाकोट नगरपालिकाका २८ जना रहेका छन् । यस्तै देवचुलिमा ५ जनामा, कावासोतीमा १४ जनामा, विनयी त्रिवेणीमा ३ जनामा, बुलिङटारमा १ जनामा, अन्य निजी अस्पतालमा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । जिल्लामा सक्रिय संक्रमितको सख्या ५ सय ११ पुगेको छ । बुधबार ४२ जना निको...

थप आठ हजार ४५४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु 

काठमाडौं, १२ माघ । सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१०...

अपनाउनोस् यी आदत, जसले ‘हार्टअट्याक’ हुन दिँदैन

माघ ११, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् । हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ...

सुदूरपश्चिमका चारजनामा ओमिक्रोन पुष्टि, तर कहाँ छन् पत्तो छैन

धनगढी, ११ माघ । सुदूरपश्चिमका चारजनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको संक्रमण संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी...

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

नयाँ दिल्ली, ११ माघ । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ । भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल...

नेपालमा थपिए १० हजार नयाँ संक्रमित

काठमाडौं, १० माघ नेपालमा पछिल्लो २४ घन्टामा १० हजार तीन सय १९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पिसिआर आठ हजार ५४ र एन्टिजेन परीक्षण ४५ सय ४७ जनामा गर्दा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यस अवधिमा २५ सय ४० जना संक्रमणमुक्त र चारजनाको मृत्यु भएको छ ।...

कोरोना संक्रमण बढेपछि चिकित्सा शास्त्रको सबै परिक्षा स्थगित

काठमाडौं, १० माघ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को आजबाट हुने भनिएको सबै परीक्षा स्थगित भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि परीक्षा स्थगित गरेको आइओएमले जनाएको छ। त्रिभुवन विश्वविद्यालयले पहिले नै परीक्षा स्थगन गर्न भने पनि आइओएमले भने स्थगनको नगरेपछि विद्यार्थीहरूले विरोध गरेका थिए। त्यसपछि आइतबार मात्रै आइओएमले सूचना निकालेर परीक्षा स्थगित गरेको जनाएको हो। अर्को सूचना नआएसम्मको लागि परीक्षा स्थगित भएको छ। ...

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लूएचओ

न्युयोर्क, १० माघ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग...

हिमाली बस्तीमा हिमपातले जनजीवन प्रभावित

ताप्लेजुङ, ९ माघ । हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ । अहिले हिमाली बस्तीहरू हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरुभएकोमा आज पनि हिमपात जारिरहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए...

नेपालमा कोरोना संक्रमित घटे, आज ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

काठमाडौं, ९ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३७५ र एन्टिजेन विधिबाट ४ हजार ६० जनामा परिक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप १ हजार ४१६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको जानकारी छ ।  हाल...

Not Found