अन्तर्राष्ट्रिय
काठमाडौं, ४ चैत्र । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक-इ-इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खान इस्लामावाद अदालतमा उपस्थित भएका छन्। शनिबार उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन्। उनलाई समर्थकहरूले घेरेर अदालत पुर्याइएको हो। अदालत परिसरमा पनि सुरक्षा बढाइएको छ। उनलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको समाचार संस्था रोयटर्सले जनाएको छ। अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। त्यसपछि गत मंगलबारदेखि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो। पक्राउ गर्न आएका प्रहरी र उनका...
काठमाडौं, ३ चैत्र । बेलायती सरकारले आफ्ना मन्त्रीहरूलाई सामाजिक सञ्जाल एप टिकटक आफ्नो कामका फोन र डिभाइसहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सरकारी फोनमा राखिएको संवेदनशील डाटा चिनियाँ सरकारले आफ्नो स्वामित्वमा रहेको टिकटकबाट पहुँच गर्न सक्ने भन्दै बेलायती सरकारले यस्तो निर्णय गरेको बिबिसीले जनाएको छ। क्याबिनेट मन्त्री ओलिभर डाउडेनले प्रतिबन्ध एक सावधानी कदम भएकाले तत्कालै लागु हुने बताए। यसैबीच चीनले टिकटकले प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई हस्तान्तरण हुने कुराको खण्डन गरेको छ। लन्डनस्थित चिनियाँ...
काठमाडौं, २९ फागुन । युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् । चिनियाँ कम्पनी ByteDance को स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ...
काठमाडौं, २८ फागुन । विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ । महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको देखाएको छ । एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा...
काठमाडौं, २६ फागुन । चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो। गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल...
काठमाडौं, २४ फागुन । तपाईले मिडियामा अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा सुन्नु भएको होला । वा तपाईँका साथीहरूले यसको बारेमा कुरा गरेको सुनेको हुनुपर्छ । तर यो दिन किन मनाइन्छ ? कहिले मनाइन्छ ? के यो उत्सव हो ? वा यो विरोधको प्रतीक हो ? के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि महिला दिवस जस्तै मनाइन्छ ? र, यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसमा के–के कार्यक्रम हुँदै छन् ? एक शताब्दीभन्दा बढी समयदेखि, संसारभरका मानिसहरूले मार्च...
काठमाडौं, २३ फागुन । युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’ को संज्ञा दिएका छन्। सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको थियो। सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका कारण दक्षिण कोरिया र...
काठमाडौं, २२ फागुन । ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । ८५ भन्दा बढी घाइते भएका छन् । मध्य ग्रिसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका हुन् । बीबीसीका अनुसार यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु रहेका जसमध्ये २५० जनाको उद्दार गरिएको छ । दुर्घटना कसको गल्तीले भएको हो भन्ने खुल्न सकेको छैन । एथेन्सबाट थेसालोनिकी जाँदै गरेको यात्रु बाहक ट्रेन...
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष डह्लान अल-हमदबिच शिष्टाचार आज बिहान भेटवार्ता भएको छ । वल्र्ड एथलेट्स्का सदस्य समेत रहेका उनी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्रीको निवास बालुवाटरमा पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
काठमाडौं, २२ फागुन । बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी गरेका हुन् । सुनकको सरकारले यस हप्ताको अन्त्यमा अवैध अध्यागमनलाई कडाइ गर्ने कानुनलाई अगाडि बढाउने अपेक्षा गरिएको फक्स न्युजले उल्लेख गरेको छ। “अवैध आप्रवासन बेलाइती करदाताहरूका लागि उचित छैन,...