साहित्य
काठमाडौं, २४ जेठ । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री माननीय गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमाार बानियाँ, राजनैतिक विश्लेषक शंकर तिवारी, लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकका बारेमा पूर्वमन्त्री तथा प्रमुख अतिथि थापाले नेपाली रैथाने जडिबुटी निर्यात गरेर व्यापार घाटामा न्यूनीकरण गर्न सकिने बताए । योग,...
गैँडाकोट, २१ जेठ । त्रिमूर्ति निकेतनले यस वर्षको त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गरेको छ । निकेतनले शनिबार एक समारोहको आयोजना गरि उहाँहरुलाई पुरस्कृत गरेको हो । यस वर्षको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि विनोदीलाई, ‘बालकृष्ण सम पुरस्कार’ अभिनेत्री शर्मालाई र ‘देवकोटा काव्य पुरस्कार’कवि साकारलाई समर्पण गरेको हो । तिनैजनालाई ताम्रपत्रका साथ जनही एक लाख रूपैयाँले पुरस्कृत गरिएको थियो । नेपाली भाषासाहित्यका...
काठमाडौँ, ८ जेठ । डा. खगराज बरालद्वारा लिखित पुस्तक “मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, गीता काफ्लेले संयुक्त रुपमा लोकार्पण गर्नु भयो । पुस्तक माथी आफ्नो धारणा राख्ने क्रममा डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन पटक पटक पढ्नु पर्ने र पढे...
गैँडाकोट, २५ वैशाख । त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार गैँडाकोटवासी छन्देली कवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । देवकोटा काव्य पुरस्कार आधुनिक...
/सुदन लुइँटेल/ रहरलाग्दा घोषणापत्र लेखिन्छ अन्धभक्तका लावालस्कर देखिन्छ एकपल्ट चुनाव त जितियोस् देशभित्रै अमेरिका भेटिन्छ जमिनमा पानीजहाज हिँडाइन्छ मोनो रेल, मेट्रो रेल गुडाइन्छ एकपल्ट चुनाव त जितियोस् सगरमाथामा भ्युटावर ठ्ड्याइन्छ मिठो आश्वासन बाँडिन्छ देशलाई हराभरा पारिन्छ एकपल्ट चुनाव त जितियोस् देशलाई सिङ्गापुर सारिन्छ सपना सपनामै अल्झाइन्छ द्रव्यको पासोमा बल्झाइन्छ एकपल्ट चुनाव त जितियोस् युरोपजस्तै चिटिक्क टल्काइन्छ चिल्ला सडकहरू बनाइन्छ आफ्नो क्षेत्रमा बजेट खन्याइन्छ एकपल्ट चुनाव त जितियोस् खर्च उठाउन ठेकेदार मनाइन्छ चुनावअघि पैदलै हिँडिन्छ चढ्नै परे साइकल चढिन्छ एकपल्ट चुनाव त जितियोस् महङ्गो प्राडो पजेरो किनिन्छ कहिले कोसी महाकाली बेचिन्छ सोझा नेपाली सिमानामा खेदिन्छ एकपल्ट चुनाव...
– रमेशकुमार पौडेल सूर्यप्रकाश कँडेल पेशाले पत्रकार हुन् । चितवनको पछिल्लो पुस्ताका अनुभवी पत्रकार कँडेल साहित्य सिर्जनामा पनि चासो राख्छन् । गजल रचना गर्दै आएका कँडेलले उपन्यास पनि लेखे । उनले लेखेको पहिलो कृति ‘मोसो’ उपन्यास २०७७ सालको मंसिरमा बजारमा आएको थियो । पत्रकारिताको मर्म र सिद्धान्तलाई जोगाएर कर्म गर्ने मात्र नभई भाषा व्याकरणमा पनि पोख्त मानिने पत्रकार कँडेलले ‘मोसो’ उपन्यासमा पत्रकार र पत्रकारिताकै कथा उनेका छन् । पत्रकारको गलत...
काठमाडौँ, २ वैशाख । नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनीमा प्रज्ञाले प्रकाशन गरेको ‘तस्बिर र नेपाल’,...
काठमाडौं, ९ पुस। गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरुको गहिरो प्रेमले बिहेको आकार पनि लियो । तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले अर्कैसँग बिहे गरिन् ।’ यो खबरले उनलाई विक्षिप्त त बनाउने नै भयो, सँगसँगै मानसिक सन्तुलन नै...
काठमाडौं, २२ मंसिर लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ र ‘असमान पहाडहरू’ कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् । ‘जनताको बहुदलीय जनवाद: फरक बहस’माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए । साथै, यस पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि...
हिमा अर्याल, गैँडाकोट, १९ असोज । नेपाल प्रध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटले मंगलबार प्रज्ञालोक अकं ३ को विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत १६ वटा लेख समावेश भएको प्रज्ञालोक अकं ३ विमोचन गरिएको कालिका संस्कृत विद्यापीठका प्राचार्य तथा सह प्राध्यापक रामचन्द्र कंडेलले जानकारी दिनु भयो । यस अघिका वर्षहरुमा कालिका संस्कृत विद्यापीठ एकाइ समिति गैँडाकोटद्धारा प्रज्ञालोकको अकं १ र २ प्रकाशित भैसकेको छ...