साहित्य
साउन १५ , काठमाडौँ गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ । स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ । कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न...
८ असार । राम्रो नेपाली चलचित्र पछिल्लो समय युट्युबमा हेर्ने सर्वसाधारण धेरै छन् । नेपाली चलचित्र निर्माताका लागि डिजिटल बजार पनि कमाइको राम्रो श्रोत समेत बन्ने गरेको छ । नेपालमा पनि युट्युबको राम्रो क्रेज बनाएपछि चलचित्रहरुलाई युट्युबमा विक्री गर्ने क्रम पनि ह्वात्तै बढ्यो । यसले, निर्माताहरुले राम्रो कमाई पनि गर्न थालेका छन् । हलमा चलेको केही महिना भित्रै युट्युबमा चलचित्र निःशुल्क सार्वजनिक हुँदा हलसम्म पुग्ने दर्शक घटेको विश्लेषण पनि गरियो ।...
काठमाडौं २३ वैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उहालाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिनु भयो । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । ...
पुस २६, नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका...
पुष १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापित गर्न माग गर्नुभएको छ । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताउनुभयो । हिजो कठिन घडीमा राप्रपाले बोकेर हिडेको भन्दै अध्यक्ष थापाले अब आम नेपालीको एजेण्डा...
मंसीर १९ । उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिएको हो । सरकारले एक वर्ष नौँ महिनासम्म प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर प्रतिवेदन सार्वजनिक गरिएको आयोगका सदस्य श्याम श्रेष्ठले बताए । पूर्वीय दर्शन चिन्तनको मुल्य मान्यतालाई विद्यालयदेखि विश्वविद्यालयसम्म समेट्ने, १० कक्षा पुगिसकेका विद्यार्थीले व्यवसायिक वा सामान्य शिक्षा रोज्ने, नीजि विद्यालयलाई गैरनाफामूलक...
भाद्र २९ घर छोड्दाको त्यो रात…….. घर छोड्दाको त्यो रात बेलुकाको खाना खाएपछि सबै आ–आफ्नो कोठामा जान्छन् । उ पनि आफ्नो कोठामा गएर सुत्छ तर उस्लाई निन्द्रा पर्दैन । उसको मन सारै दुखित र मनमा अनेकौं कुराहरु खेल्दछन् । उसका नयनमा आँशुको वर्षा हुन्छ । सुनेको हुन्छ, छोरो मान्छे भएर रुनु हुन्न भन्ने तर छोरो मान्छेको पनि त मनै हो चोट लाग्दा दुख्छ, अनि परिवारसँगको बिछोडमा अबश्य नै आँसुहरु बगिदिन्छ तर...
लेखक : एच.डी. पंगेनी (शिक्षक जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट) एकाविहानै आफ्नो कोठामा रहेको बेडमा पल्टीरहेको थिए । न निदाउन नै सकेको थिए न त उठ्न नै सकेको थिए । मुलुकमा पछिल्लो समय गरिएको लकडाउनको कारण सबैजना आ–आफ्नै घरमा बस्न बाध्यभएका थियौं । यसैक्रममा कोठामै एक कप चिया के पिउन लागेको थिए , एक जना साथीले आज शिक्षक दिवस र यस दिवसको अवसरमा सबै समर्पित शिक्षकहरुलाई , शिक्षक दिवसको अवसरमा...
काठमाण्डौं असार १५ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आईतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो । नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति के. के कर्माचार्यले बताउनु भयो । कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व संस्कृतिविद् जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला...
काठमाण्डौं गहकिलो ढंगको राजनीतिक भाषण गर्ने छबि बनाएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले सोमबार राजधानीमा कविता बाचन गरेर साहित्यतर्फको रुची अनि सक्रियता देखाउनुभएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा उहाँले जीवन र मृत्युका बारेमा लेखिएको कविता बाचन गर्नुभएको हो । साहित्य तर्फ रुची नभएपनि साहित्यकारहरुका अगाडि उनीहरुको श्रृजना सुनेर मनै पोखिने गरेको मीठो अनुभुति सुनाउदै उहाँले आफ्नो रचना बाचन गर्नुभयो । कवितामा...