मध्य नेपाल

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

५ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन्...

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो

गैडाकोट । गैंडाकोटमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ । गैडाकोट नगरपालिका वडा नम्वर २ स्थित शिलान्यास चोकमा ११ करोड लगानीमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट नामको होटल सञ्चालनमा आएको हो । ११ बर्ष भारत तथा १९ बर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले गैंडाकोटमा व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा विबाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका...

प्रथम चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न

भरतपुर ,०२, चैत्र ।    चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा  “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ को सभाहलमा बिहिबार भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । नेपाली...

गैँडाकोटमा भोलिदेखि सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा

गैँडाकोट, २० फाल्गुन नवलपरासी ( बर्दघाट सुूस्तपुर्व) को गैँडाकोटमा आइतबारदेखि सुरु हुने प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सवको सम्पुर्ण तयारी पूरा भएकोे छ । शनिबार पत्रकार सम्मेलन गरीे आइतबारदेखि चैत्र १ गतेसम्म गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुँने उक्त औद्योगिक व्यापार मेला महोत्सवको तयारी पुरा भएको महोत्सब संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले जानकारी दिनुभयो । “आर्थिक विकासको मुल आधार ः कृषि,...

नारायणी पुलमा स्मार्ट बत्ती जडान, बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्ने

चितवन, फाल्गुन १९ चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरिएको छ । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत सो बत्ती जडान गरेको हो । महानगरकी मेयर रेणु दाहालले बिहिबार साँझ बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेपछि नारायणी पुलमा राती अन्धकारमय भएको थियो । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल...

देवचुली २ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गयो

बिबेक भण्डारी  देवचुली नगरपालिका वडा नं.२ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आर ३८ टी७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ । ...

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला

फाल्गुन १८, काठमाडौं प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सहमती भएको नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले माधव नेपाल एक वर्षका लागि प्रधानमन्त्री बन्ने बताए । २५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्ने चर्चा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ । हामी सरकारमा जान्छौँ...

भरतपुरमा एक युवती मृत फेला, सँगै रहेका तीन जना माथि प्रहरी अनुसन्धान सुरु

१८ फागुन, चितवन भरतपुरमा एक युवती मृत फेला परेकी छिन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत फेला परेकी हुन् । भारतको आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ । उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको हो । एक घरको फ्ल्याट भाडामा लिएर तीन...

परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न

गैंडाकोट फागुन १३ । गैंडाकोट नगरपालिकामा रहेको परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।`सहकारी संस्था बचत र ऋणमा मात्रैमा केन्द्रित नभई व्यवसायिक गुणस्तर अभिवृद्धि गर्न तर्फ लाग्नु पर्ने गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले बताएका छन । कार्यक्रमका प्रमुख अतिथी अधिकारीले सेयर सदस्य हरुलाइ सहकारीको मुल्यमान्यताका बिषयमा जागरुक बनाउदै अघि बड्नु पर्नेमा जोड दिएका छन । कार्यक्रमको बिशेष अतिथिका रुपमा रहेका...

सुरक्षित पानी वितरणमा ध्यान दिन गैंडाकोट नगर प्रमुख अधिकारीको आग्रह

गैंडाकोट गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मानव जीवनका लागि पानी अपरिहार्य रहेको बताउँदै सुरक्षित पानी वितरणमा ध्यान दिन आग्रह गर्नुभयो । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साधारण सभामा प्रमुख अतिथीको सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले संस्थाको प्रगतिको कामना गर्दै नगरपालिकाको तर्फबाट आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । शनिबार गैंडाकोट ११ भेडाबारीमा रहेको संस्थाको प्राङ्गणमा १५ औं साधारण सभा...

Not Found