राष्ट्रिय

मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन, त्यसमा रबिको समर्थन

१४ चैत, काठमाडौं । मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन गरेका छन् । न्याय माग्दै काठमाडौं आएका पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढ्दा निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा मिटरब्याज पीडितहरुले लगाएका छन् । मिटरब्याज पीडितहरुलाई भेटी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र आफ्नो पार्टी...

प्रधानमन्त्री प्रचण्डसँग रास्वपाका सभापति लामिछानेले आज भेट गर्दै

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज भेट गर्ने भएका छन् । गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका प्रधानमन्त्रीसँग रविले भेट्न लागेका हुन् । बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताएका हुन् । उनले सरकारमा सहभागिताका सवालमा कुरा गर्ने संकेत गरे । रविले आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताएकाछन् ।...

मन्त्रालयको भागबन्डा टुंगो लगाउन आज सत्ता साझेदार दलहरूको बैठक आज अपराह्न ४ बस्दै

१४ चैत, काठमाडौं । मन्त्रालयको भागबन्डा टुंगो लगाउन आज सत्ता साझेदार दलहरूको बैठक आज अपराह्न ४ बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए । मन्त्रिपरिषद् विस्तारलगायत विषय बैठकमा छलफल हुनेछ । आजै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ । बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले...

आज कहाँ कहाँ पानी पर्दैछ ? मौषम अपडेट

१४ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका...

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको उक्त बैठक अब चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । यसअघि चैत १४ गते मंगलबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने भनिएकोमा बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । यो बैठकबाट कांग्रेसले सरकारमा मन्त्रीको रुपमा...

प्रथम चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न

भरतपुर ,०२, चैत्र ।    चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा  “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्बधन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ को सभाहलमा बिहिबार भएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । नेपाली...

तेस्रो राष्ट्रपति चुन्न आज मतदान हुँदै, बेलुका ७ बजेभित्रै परिणाम आईसक्ने

२५ फागुन, काठमाडौं नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । आज निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश...

आज मङ्गलवार तराई–मधेश क्षेत्रमा होली मनाइँदै

२३ फागुन, काठमाडौं आज मङ्गलवार तराई–मधेश क्षेत्रमा होली मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व धुमधामका साथ मनाईदैछ । पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ। तराई क्षेत्रमा होलीमा गाइने जोगिरा...

आजको मौसम कस्तो रहला ?

२३ फागुन, काठमाडौं । देशका केही भागमा आज पनि मौसम बदली भएको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक...

जनयुद्धकालीन मुद्दा अदालतले हेर्ने होईन, सत्य निरूपण तथा मेलमिलाप आयोगले हो : डा बाबुराम भट्टराई

फागुन २२, काठमाडौं डा बाबुराम भट्टराईले आफूले ‘प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइँदैन’ नभनेको प्रतिक्रिया दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो प्रतिकृया दिएका हुन् । भट्टराईले आफू प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको र अदालतमा हाजिर भएको बताएका छन् तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)ले हेर्ने तर्क गर्दै सोमबार बिहान ट्वीट गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा...

Not Found