राजनीति
काठमाण्डौँ, ३१ साउन । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो । संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, संसदले सोही विधेयकलाई पुनर्विचार गरी प्रमाणीकरणका...
काठमाण्डौँ, ३१ साउन । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित रुपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ।आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ। मिति घोषणापछि तयारीका लागि आयोगलाई एक...
काठमाण्डौँ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको बताएका छन् । अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको उनले टिप्पणी गरे । आज युवाहरुसँग एक अन्तरक्रियामा बोल्दै ओलीले सरकार कसैको मानपदवी बढाउन नभएर जनता र देशको विकास गर्न चाहिने बताए । ओलीले आफू नातावादको पक्षपोषक नभएको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई...
काठमाडौं, २८ साउन। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन्।आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम...
काठमाडौँ, २८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा...
श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको हो । उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष÷महासचिव र विभागका सचिव रहनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा...
कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया कार्यक्रम भएको छ । कावासोती नगरपालिकाको सभाहलमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्माको उपस्थितमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले औद्योगिक क्षेत्र स्थापनामा स्थानीय स्तरबाट वातावरण तयार पार्न सबैमा अनुरोध गर्नुभयो । औद्योगिक क्षेत्र स्थापनाका लागि पर्ने स्थानीय समस्या समाधानमा आफुहरु पनि सचेत...
नवलपुर २६ श्रावण चोरमारा । नेपाली कांग्रेसका कार्यवाहक सभापति चन्द्र बहादुर रानाले पूर्व महाधिवेशन प्रतिनिधि श्रीधर शर्माप्रति गरिएको आक्षेपको भर्त्सना गर्नुभएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै कार्यवाहक समापति रानाले जिम्मेवार व्यक्तिहरुबाटै सामाजिक संजालमा नकारात्मक चित्रण गरिनु गलत भएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको छ । मध्यविन्दु नगरपालिका २ निवासी श्रीधर शर्माको चरित्र हत्या गर्ने र अपशब्दले गाली गलौच सहितको फेसबुक पोष्ट भएकोमा रानाले खेद प्रकट गर्नुभएको हो ।...
कावासोती, २५ साउन । नेकपा एमालेले बुधबार कावासोतीमा बृहत प्रदर्शन गरेको छ । नेकपा एमालेको जनसंगठनहरुको संयुक्त आयोजनामा महंगी,भ्रष्टाचार,कुशासनका बिरुद्द प्रदर्शन गरेको हो । ...
साउन २५, काठमाडौं नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुख लगायतका पद अहिले नै बाँडफाँड गरेर जानुपर्ने प्रस्ताव अघि सारेको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो प्रस्ताव गरेका हुन् । सत्तारुढ पाँचदलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारिएको...