ताजा खबर

माइतीघरमा आन्दोलन गर्नेहरुलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन शाह

काठमाडौं, १४ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनको निषेधित क्षेत्र नभएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुल्लामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् । मेयर शाहले मिटर ब्याज पीडितहरुलाई शिविर होइन न्याय चाहिएको बताउँदै न्यायको अनुभुती दिलाएर घर फिर्ता पठाउनपर्ने समेत बताउनुभयो । उहाँले स्थानिय समस्याहरु स्थानिय सरकारबाट नै समाधान गर्नुपर्ने उल्लेख गर्दै केन्द्रमा आइसकेपछि जतीसक्दो...

राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गरेका छन् । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताए। प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएकाहरु धरौटीमा रिहा

काठमाडौं, १४ चैत्र। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएका ३ जना मंगलबार रिहा भएका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का जेल चलान भएका थिए। १२ चैतमा उनीहरुलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण उनीहरुलाई केन्द्रीय कारागार पठाइएको थियो ।...

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने

काठमाडौँ, १४ चैत्र । आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा नेकपा एमालेले गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन...

मिटरब्याज पीडितको प्रदर्शनमा रवि लामिछाने पनि सहभागी

काठमाडौँ, १४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । ११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उहाँले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउनुभयो। सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म...

डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित

काठमाडौँ, १४ चैत्र । डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको हो । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । आज सत्ता गठबन्धनको बैठक बसेर सरकार विस्तारबारे सहमति गर्ने तयारी छ । सहमति भएमा भोली (बुधबार) सम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्चित भएको...

मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

काठमाडौं, १४ चैत्र । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो। समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् । मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री...

मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन, त्यसमा रबिको समर्थन

१४ चैत, काठमाडौं । मिटरब्याज पीडितहरुले काठमाण्डौंको टंगालमा प्रदर्शन गरेका छन् । न्याय माग्दै काठमाडौं आएका पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढ्दा निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा मिटरब्याज पीडितहरुले लगाएका छन् । मिटरब्याज पीडितहरुलाई भेटी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र आफ्नो पार्टी...

प्रधानमन्त्री प्रचण्डसँग रास्वपाका सभापति लामिछानेले आज भेट गर्दै

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज भेट गर्ने भएका छन् । गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका प्रधानमन्त्रीसँग रविले भेट्न लागेका हुन् । बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताएका हुन् । उनले सरकारमा सहभागिताका सवालमा कुरा गर्ने संकेत गरे । रविले आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताएकाछन् ।...

अमेरिकाको स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

१४ चैत, काठमाडौं । अमेरिकामा स्कुलमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको जनाईएको छ । एक युवतीले न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । विद्यार्थी र शिक्षिकाहरुसहित गोली लागेर स्कुलका ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष...

Not Found