ताजा खबर

इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी सहित ९ जना पक्राउ

बैशाख ०६, काठमाण्डौं सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको खातामा रहेको डेढ करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई...

प्रधानमन्त्री प्रचण्ड ले जेठको दोस्रो सातादेखि भारतको भ्रमण गर्दै

बैशाख ०६, काठमाण्डौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो सातादेखि भारतको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको तर त्यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ । परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइन लगयातको विषयमा सहमति गर्ने तयारी रहेको बताईएको छ ।...

पश्चिम चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, १ जना घाईते

बैशाख ०६, चितवन पश्चिम चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर–१७ का ६० वर्षीय झलकराज पौडेल रहेका छन् भने स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किसकेका छन् । मृतक पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते...

सरकारले राम्रो काम गरिरहेको सूचना प्रविधिमन्त्री शर्माको दाबी

बैशाख ०६, काठमाण्डौ नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । सरकारले जो कोही यस प्रकरणमा मुछिएपनि त्यसलाई कारबाही गरेर अघि बढ्ने उनको भनाई थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरेको पनि दाबी गरिन् । विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा माओवादी दलका मन्त्रीहरूले रामो काम गरिरहेको उनको...

आगामी निर्वाचनबाट रास्वपाले एकल बहुमत ल्याउने रविको दाबी

बैशाख ०६, काठमाण्डौं आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाबी गरेका छन् । काभ्रेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताए । २०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउन रास्वपाले काम गरिरहेको उनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप समेत उनको थियो...

सरस्वती निकेतन स्कूलको कप्तानमा एन्जल भुषाल र उपकप्तानमा आशिष कुँबर छनौट

गैंडाकोट, बैशाख ०५ सरस्वती निकेतन सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूलले विद्यालयको कप्तान र उपकप्तान छनौट गरेको छ । विद्यालयको कप्तानमा कक्षा ९ की एन्जल भुषाल र उपकप्तानमा कक्षा ९ कै आशिष कुँबर छनौट भएका छन् । कप्तान र उपकप्तान छनौटका लागि चुनाबी प्रकृया अप्नाईएको थियो । जस अन्तर्गत कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले भोट गरि कप्तान र उपकप्तान छनौट गरेका हुन् । कप्तान हुनको लागि कक्षा ९ की एन्जल भुषाल,...

लक्ष्मी मा.वि. अमरापुरीका प्रअ कंडेलको मनोमानी प्रति अभिभावक आक्रोशित, प्रअको कक्षमा अभिभावकले लगाए ताला

गैंडाकोट, बैशाख ०५ लक्ष्मी मा.वि. अमरापुरीमा विद्यालय ब्यवस्थापन समिति निमार्ण गर्ने शिलशिलामा जालझेल र पक्षपात पूर्ण ब्यवहार गरि सुटुक्क विद्यालय ब्यवस्थापन समिति गठन गरेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विद्यालयमा राजनिति गर्न खोजेको भन्दै स्थानीय अभिभावकहरु आक्रोशित भएका हुन् । आक्रोशित अभिभावकले प्रधानाध्यापकको कक्षमा ताला लगाईदिएका छन् । अभिभावकहरुको बिचबाट छनौट गर्नु पर्ने विद्यालय ब्यवस्थापन समितिमा विधि र पद्धति मिचेर आफ्नो नजिकको मान्छेहरु नियुक्त...

‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई चितवन प्रहरीले गर्यो पक्राउ

चितवन । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो...

चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने

गैँडाकाेट। चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ । कम्पनीले चितवन र काठमाडौंमा एकसाथ सेवा सुरु गरेको हो । सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार...

रेशमलाई जन्मकैद गर्ने फैसला सर्वोच्चले गर्यो सदर, रेशम भन्छन्, ‘रत्तिभर मन विचलित भएको छैन’

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीको जन्मकैद सदर गरेको छ । उच्च अदालत, दिपालयको फैसलाविरुद्ध रेशमले दिएको पुनरावेदनको निवेदनमा सर्वोच्चले यस्तो बेला फैसला सुनाएको छ, जतिबेला सरकारले रेशमको पनि मुद्दा फिर्ता हुनसक्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएको छ । रेशम चौधरीर्ले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । सर्वोच्चको फैसलाबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले...

Not Found