रोचक जानकारी
काठमाडौं, २९ फागुन । युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् । चिनियाँ कम्पनी ByteDance को स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ...
फाल्गुन १९, काठमाण्डौं अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो । उक्त आक्रमणमा कोही पनि घाइते भने...
काठमाडौं, ९ पौष टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए । उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन्...
काठमाडौं, १९ मंसिर वैज्ञानिकले हालै एक नयाँ एक्सोप्लानेटबारे पत्ता लगाएका छन् । तर जबदेखि खगोलविद्ले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो ग्रहको नाम हो HD-114082b । यो एक नयाँ ग्रह हो जसको आकारण वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि वैज्ञानिकहरुले थाहा पाएका छन् कि ग्यास ग्रह निर्माणसँग सम्बन्धित दुई मोडलमध्ये कसैसँग पनि यो ग्रहको गुण मेल खाँदैन । अर्थात्, यो ग्रह आफ्नो...
काठमाडौं, १० मंसिर । राजधानी सहरमा रुसी क्षेप्यास्त्र हमला गरेपछि युक्रेनी शल्यचिकित्सकहरूको टोलीले अँध्यारो किभ अस्पतालमा एक बच्चाको मुटुको शल्यक्रिया गरेको देखाएको नाटकीय भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । ‘युक्रेनमा रुसीहरूले गरेको मिसाइल आक्रमणको क्रममा किभको हार्ट इन्स्टिच्युटमा बिजुली काटिएको थियो । यस समयमा शल्यचिकित्सकहरूले बच्चाको आकस्मिक हृदय शल्यक्रिया गरिरहेका थिए’, सामाजिक सञ्जाल प्रयोगकर्ता इरिना भोचुकले ट्वीटरमा लेखे। करिब २ मिनेट लामो भिडियोलाई ट्वीटरमा १५ हजारभन्दा बढीले हेरेका छन् ।...
काठमाडौं, २६ कात्तिक रेष्टुरेन्टमा गएको बेला वेटर वेट्रेसलाई धेरथोर इनाम अर्थात् टिप्स दिनुभएकै छ होला । सेवाबाट खुसी भएर त्यसरी दिएको इनाम यदि कसैले फिर्ता माग्यो भने के होला ? अमेरिकामा यस्तै एउटा घटना भएको छ । द मिररमा प्रकाशित एक समाचार अनुसार अमेरिकाको पेन्सिल्भेनियामा यो घटना भएको हो । त्यहाँ अल्फ्रेडो क्याफे नामक एउटा रेष्टुरेन्ट छ । त्यसमा मेरियाना ल्याम्बर्ट नामकी एक महिला वेटर काम गर्छिन् । एकजना ग्राहकले रेष्टुरेन्टमा...
काठमाडौं, १७ कात्तिक । अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्। २६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका...
काठमाडौं, १६ कात्तिक । कुनै कमिला यति साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । यसलाई जोसुकैले पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ ? हालै विश्वस्तरमा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । स्मल वर्ल्ड फोटोमाइक्रोग्राफी कम्पिटिसन २०२२ जसमा साना जीवका तस्बिर खिचेर पठाउनुपर्दथ्यो ।...
यदि तपाईलाई कसैले तनाबपुर्ण अवस्थामा अँगालो हाल्यो भने तनाव कम महसुस हुन्छ । यस्तो किन हुन्छ थाहा छ तपाईलाई ? अमेरिकामा गरिएको अनुसन्धानमा महिलाले कसैलाई अँगालो हाल्दा उक्त व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोनको उत्पादन कम हुने कुरा पत्ता लागेको थियो । अनुसन्धानले पूरुषको तुलनामा महिलामा बढी प्रभावकारी हुने देखाएको छ । यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो। अनुसन्धानका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ। जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ। जब मानिसले...
एजेन्सी । मोडलमात्र नभई मिस अर्थ–२०१६ पनि हुन् उनी । पत्याउनै मुश्किल हुने मदिरा चोरीकाण्डमा साथीसँगै पक्राउ परेकी छिन् उनी । २९ वर्षीया ती मोडलको नाम प्रिसिला लारा ग्वेभारा हो । उनी मेक्सिकोकी बासिन्दा हुन् । उनलाई हालै एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै वाइन चोरीको आरोपमा पक्राउ गरिएको हो । उनीहरुले अघिल्लो वर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट वाइन चोरी गरेका थिए । चोरेको रक्सीको मूल्य १.५...