रोचक जानकारी

ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि…

काठमाडौं, ५ असार । सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ । धेरैले...

संसारकै धनी गाउँ, जहाँ हरेकको वार्षिक आम्दानी सात करोड !

काठमाडौं, २४ जेठ । गाउँ भन्ने बित्तिकै सहरको तुलनामा भौतिक सुख सुविधाहरु कम भएको, मानिसहरुको आय तथा क्रय शक्ति कम भएको विकास हुन नसकेको क्षेत्र भनेर बुझ्ने चलन छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो गाउँ छ जुन सहरभन्दा सम्वृद्ध तथा हाइटेक मात्र छैन त्यहाँका मानिसहरुको आम्दानी सहरी बासिन्दाको तुलनामा निकै धेरै छ । यो गाउँलाई संसारकै सबैभन्दा धनी गाउँको नामले पनि चिनिन्छ । संसारकै सबैभन्दा धनी गाउँ हाम्रै छिमेकी...

बिहेको दिन बेहुलीले बच्चा जन्माएपछि…!

काठमाडौं, १९ जेठ । स्कटल्याण्डकी रेबेका म्याकमिलन र उनको प्रेमी निक चीथमबीचको बिहे समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थित भएका थिए । तर निक र रेबेकाबीच बिहे भएको नदेखिकनै उनीहरू आ-आफ्नो घर फर्किनुपर्‍यो । बिहेको दिन एउटा अनौठो घटना भयो जुन पाहुनाहरूले कल्पना पनि गरेका थिएनन् होला सायद । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो । तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी...

तीन सन्तान जन्माउनेलाई गज्जबको अफर : १८ लाख पुरस्कार, १ वर्ष छुुट्टी

काठमाडौं, २५ वैशाख । कतिपय कम्पनीहरू आफ्ना श्रमिक तथा कर्मचारीको हितका लागि विभिन्न नयाँ-नयाँ नीति तथा योजनाहरु ल्याउने गर्दछन् । एउटा कम्पनीको यस्तै नीति आजकल निकै चर्चामा छ । उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई तिनवटा बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ । यदि कुनै कर्मचारीले तेश्रो बच्चा जन्माएमा उसलाई करिब १८ लाख रुपैयाँ पुरस्कार मात्र होइन एक वर्षको छुट्टी दिने योजना कम्पनीले अघि सारेको छ । यस्तो गज्जबको तथा अनौठो नीति लागू...

बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाय !

काठमाडौं, २१ वैशाख । इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउँछ । जब बिरालो छेउमा आउँछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्री किनारमा खसालिदिन्छन् । लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्‍याउछन् । धन्य १...

रणवीरलाई बिहेमा सासुले दिइन् २ करोड ५० लाखको घडी उपहार

आलिया–रणवीरको विवाहमा रणवीरकी सासुआमा सोनी राजदानले महंगो उपहार दिएकी छन्। भारतीय सञ्चार माध्यमले सोनीले रणवीरलाई २ करोड ५० लाखको घडी उपहार दिएको जनाएको छ । यो घडीलाई असाध्यै ‘स्पेशल’ र लिमिटेड अडिशनवाला घडी रहेको बताइएको छ । गएको १४ अप्रिलमा रणवीर कपूर र आलिया भटले विवाह गरेका छन्। विवाह समारोह एकदमै व्यक्तिगत थियो। विवाहमा परिवार र नजिकका साथीमात्र उपस्थित थिए । भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र आलियाले फेरा लिएपछि...

एलन मस्कलाई श्रीलंका किन्न सुझाव

काठमाडौं, ४ चैत । टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १० प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन् । त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन् । मस्कको उक्त प्रस्तावका बारेमा ट्वीटरको बोर्डमा समेत छलफल भएको छ । २ खर्ब १९ अर्ब डलरका...

चीन-रुस मिलेर चन्द्रमामा ‘रिसर्च सेन्टर’ बनाउँदै, अमेरिकालाई चिन्ता

काठमाडौं, १६ माघ। केही समयअघिसम्म विभिन्न राष्ट्रबीच चन्द्रमामा पाइला कसले राख्ने भन्नेबारे प्रतिस्पर्धा थियो । तर अब चन्द्रमामा विभिन्न निर्माण कार्य गर्नेमा तीव्र प्रतिस्पर्धा सुरु भएको छ । अमेरिका र चीनबीच चन्द्रमाको विषयमा ठूलो तँछाडमछाड चल्न थालेको छ । हालै चीनले आफू र रुस मिलेर चन्द्रमामा २०३५ सम्ममा एक रिसर्च सेन्टर निर्माण गर्ने बताएको छ । चीनको घोषणाले सबैभन्दा बढी अमेरिकाको टाउको दुखेको छ । चीनले घोषणा गरेको रिसर्च सेन्टरले अमेरिकी स्पेस...

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

काठमाडौं, २९ पुस। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो । यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले...

दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

टर्की, २८ पुस । । टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् । मानिसमा प्रयोग हँुदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस...

Not Found