रोचक जानकारी

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

काठमाडौं, २९ पुस। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो । यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले...

दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

टर्की, २८ पुस । । टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् । मानिसमा प्रयोग हँुदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस...

विज्ञानको अर्को चमत्कार : सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

एजेन्सी । अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् । प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने...

काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना

एजेन्सी, काबुल, २५ पुस । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ...

पसलहरुमा राखिएका डमीका टाउका धमाधम गिँड्दै तालिवान

एजेन्सी काबुल, १९ पुस। अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका  काट्न थालेको छ । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ । डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ । मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन् । डमी...

नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा किन जलाइन्छ सयौं कार ?

पेरिस, १८ पुस । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् । कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइएका...

चीनमा आर्टिफिसियल इन्टेलिजेन्सको विकास,उपकरणले नै लगाउनेछ मुद्दा

एजेन्सी, बेइजिङ, १४ पुस। चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिस गर्नेछ । विकसित नयाँ प्रणाली (एआई) लाई चीनको कम्युनिष्ट पार्टीले दुरुपयाेग गर्न सक्ने र एआईको जवाफदेही काे हुने भन्ने बारेमा चौतर्फी चासो बढेको छ । मुद्दाको मौखिक वर्णनका आधारमा सो यन्त्रले मुद्दा लगाउन सक्ने जनाइएको छ । यन्त्रलाई देशकै ठूलो...

अमेरिकामा पनि भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना 

एजेन्सी, न्युयोर्क, ८ पुस। अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ । व्युरोले घरपरिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा ९ दशमलब ७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए । क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय...

१ मिनेटमा मान्छे मारिदिने ‘मृत्युको मेसिन’ले कानुनी स्वीकृति पायो

काठमाडौं। स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिन बनाउने कम्पनीको दावीअनुसार यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । यो मेसिन कफिनको आकारको छ । यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसका कारण एक मिनेटभित्र मृत्यु हुन्छ । एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा. फिलिप निट्स्केले यो मृत्युको मेसिन बनाएका हुन् । उनलाई डा. डेथ पनि भनिन्छ ।...

छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स

कायरो, १९ मंसिर । छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग ‌अ‌ागो बनेका थिए । लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती...

Not Found