खेलकुद
गैंडाकोट, ११ चैत्र । गैंडाकोटमा गैंडाकोट दोस्रो मेयर कप अण्डर २३ युवा फुटबल २०७८ आयोजना हुने भएको छ । गैंडाकोट खेलकुद समितिको आयोजनामा यहि चैत्र १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता गैँडाकोट क्षेत्रिय रंगशालामा आयोजना हुनेछ । प्रतियोगितामा गैंडाकोट नगरपालिकाको प्रवद्र्धन, नगर युवा सञ्जाल गैंडाकोटको समन्वय तथा नवलपुर जिल्ला फुटबल संघ र युवा क्लब गैंडाकोट ४, ५ र ८ को सहयोग रहनेछ । आयोजक गैंडाकोट खेलकुद समितिले...
गैँडाकोट, ६ चैत्र । NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा सोमबार अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता भएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि सहयोगी बन्दै आएको NIDIS NEPAL ले सोमबार गैँडाकोट नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत १७ वर्षमुनीका बालबालिकाबिच फुटवल प्रतियोगीता आयोजना गरेको हो । गैँडाकोट १५ स्थित खेलमैदानमा भएको खेलमा गैँडाकोट भित्रमा जनता माध्यमिक विद्यालय, अक्फोर्ड कलेज, सुर्योदय विध्या मन्दिर, लक्ष्मी माध्यमिक विद्यालय, वाइज भिजन इङिलस स्कुल, विजय सामुदायिक...
गैँडाकोट, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसका अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले गैँडाकोटमा सचेतनामुलक कार्यक्रम तथा म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । यस दिवसको अवसरमा स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले आयोजना गरेको ३२ यस मिटर म्याराथन दौडमा गैँडाकोट ११ का ४६ वर्षिय नरबहादुर भण्डारी...
काठमाडौं, ३ चैत्र। जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्। प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए। बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। ...
काठमाडौं, २९ फागुन । पाटन उच्च अदालतले धरौटीमा छोडेपछि टिममा फर्किएका सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका छन् । पपुवा न्यूगिनीविरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका हुन् । म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए । ‘भविष्यमा पनि म आफ्नो देशका लागि योगदान दिन चाहन्छु,’ उनले भने । पाटन उच्च अदालतले धरौटमिा...
काठमाडौँ, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ । सन् २०१८ मार्च १५ मा पहिलोपटक एकदिवसीय मान्यता पाएको नेपालले थप चार वर्षका लागि एकदिवसीय टिमको रुपमा खेल्न पाउने भएको छ। आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो। नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको...
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष डह्लान अल-हमदबिच शिष्टाचार आज बिहान भेटवार्ता भएको छ । वल्र्ड एथलेट्स्का सदस्य समेत रहेका उनी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्रीको निवास बालुवाटरमा पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रनको योगदान गरे । ७ विकेट गुमाएको अवस्थामा उनीहरुले ७७ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको हो । उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको...
फाल्गुन १९, काठमाण्डौं अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो । उक्त आक्रमणमा कोही पनि घाइते भने...
१८ फागुन, काठमाडौं । नेपालले यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यो ऐतिहासिक जित हाँसिल गर्न नेपाल सफल भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । यूएईको अजमानमा टस...