खेलकुद
चितवन पूर्वी चितवनको रत्ननगरमा मंसिर १२ गतेदेखि प्रथम रत्नप्रिय कप फुटबल हुने भएको छ । रत्नप्रिय युवा क्लब रत्ननगर नगरपालिका ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका खेलहरु स्थानीय टिकौली चौरमा हुने आयोजक क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए । प्रतियोगितामा चितवनसहित मकवानपुर र नवलपरासीका टिमहरु सहभागी हुने उनले बताए । उनका अनुसार केही दिन भित्र सहभागी टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको उनले बताए । अहिले...
२५,कात्तिक । नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको विजेता बनेको छ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि जितेको हो । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य...
चितवन, २५ कात्तिक । चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो ।कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए । आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भनाइ...
२१ कार्तिक, काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर ९भेट्रान० चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा...
काठमाडौं, २० कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकपका लागि टिमसँगै रहेको श्रीलंका राष्ट्रिय क्रिकेट टिमका दनुस्का गुणाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३१ वर्षीय गुणथिलका आइतबार पक्राउ परेको खुलाएका छन् । नोभेम्बर २ मा यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई आइतबार दिउँसो सिड्नी पुलिसले पक्राउ गरेको हो । ‘दनुस्का गुणाथिलका बलात्कारको आरोपमा पक्राउ परेका छन् । यसैकारण श्रीलंकन टिम उनीबिनै स्वदेश फर्किएको...
काठमाडौं, १८ कात्तिक । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै...
काठमाडौं, १६ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमा बुधबारबाट थुनछेक बहस शुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताउनु भयो । उहाँले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताउनु भयो । उहाँले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको...
काठमाडौं, कात्तिक १४ सरकारी वकिलको कार्यालय काठमाडौंले आज सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेविरूद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिनुभयो । फाइल तयार भैसकेको र आजै मुद्दा दर्ता हुने उहाँले बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार...
ज्ञानु पंगेनी कावासोती, कार्तिक १३ अखिल नेपाल फुटबल सघ (एनफा) को आयोजनामा काठमाडौंमा हुनगैरहेको सहिद स्मारक सि डिभिजन राष्ट्रिय फुटबल लिग छनोट खेलमा सहभागि हुने खेलाडीलाई कावासोती नगरपालिका र वडा नं. ३ को कार्यालयले बिदाई गरेको छ । आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमबीच नगर प्रमुख विष्णु प्रसाद भुसालले खेलाडीलाई खादा र अबिर लगाएर बिदाई गर्नुभएको नगर प्रवक्ता तथा कावासोती तीनका अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो । खेलाडीलाई जितको शुभकामना दिदै नगर प्रमुख...
कास्की, कात्तिक ३ गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने कार्यक्रम रहेको प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका...