खेलकुद

सन्दीप विरुद्ध बकपत्रमा किशोरीले दिइन् प्रहरी र सरकारी वकिललाई भन्दा चर्को बयान

काठमाडौं, १९ मंसिर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् । उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अदालत स्रोतले बतायो । केही दिनअघि अदालतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो । उनले अदालतमा बयान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो । तर, त्यसको उल्टो भएको छ । किशोरीको बकपत्रले जाहेरीलाई समर्थन गरेको मात्र होइन कि अझ कडा ।...

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

काठमाडौं, १७ मंसिर बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २(१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो । पोर्चुगललाई हराएको दक्षिण कोरियाले उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । यस समूहको अर्को खेलमा उरुग्वेले घानालाई २(० गोलले हराएपनि दक्षिण कोरियासँग गोल...

रामपुरले जित्यो ढल्के जोवन फुटबलको उपाधि

चितवन, १० मंसिर । भरतपुर ७ कृष्णपुरमा सम्पन्न प्रथम ढल्के जोवन सेभेन ए साइड फुटबलको उपाधि रड्स एफसी रामपुरले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पानस युवा क्लबलाई १- २ ले हराउँदै रामपुर विजेता बनेको हो । रामपुरको जितमा लक्षमण चौधरी र श्यामलाल महतोले गोल गरे । घरेलु टोली पानसका जित मगरले एक गोल फर्काए पनि हार टार्न सकेनन् । रामपुरका लक्ष्मण चौधरी म्यान अफ दि म्याच चुनिए...

विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं, ५ मंसिर कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका...

विश्वकपमा छनौट भएर पनि भारतले आखिर किन खेलेन ?

भारत,३ मंसिर  नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वभर फुटबल खेल्ने ३२ उत्कृष्ट टोलीबीचको यो भिडन्तपछि चार वर्षको लागि फुटबल विश्वको राजा को हो भन्ने टुङ्गो लाग्नेछ । विश्वभर फुटबलको खेललाई नियन्त्रण गर्ने संस्था फिफाका अनुसार नोभेम्बर २० देखि १८ डिसेम्बरसम्म चल्ने यो विश्वकप करिब पाँच अर्ब मानिसले हेर्नेछन् । सन् २०१८ को विश्वकपको चार अर्ब दर्शकले हेरेकाले यस पटक त्योभन्दा एक अर्ब बढीले हेर्नेछन् । कतारमा हुने...

रत्ननगरमा मंसिर १२ देखि प्रथम रत्नप्रिय कप फुटबल हुने

चितवन पूर्वी चितवनको रत्ननगरमा मंसिर १२ गतेदेखि प्रथम रत्नप्रिय कप फुटबल हुने भएको छ । रत्नप्रिय युवा क्लब रत्ननगर नगरपालिका ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका खेलहरु स्थानीय टिकौली चौरमा हुने आयोजक क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए । प्रतियोगितामा चितवनसहित मकवानपुर र नवलपरासीका टिमहरु सहभागी हुने उनले बताए । उनका अनुसार केही दिन भित्र सहभागी टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको उनले बताए । अहिले...

नेपालले जित्यो १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधि

२५,कात्तिक । नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको विजेता बनेको छ । बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि जितेको हो । शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य...

भरतपुरमा कराँतेका ३८० खेलाडीको स्तरवृद्धि

चितवन, २५ कात्तिक । चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो ।कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए । आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भनाइ...

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि बद्रीलाल नेपालीलाई

२१ कार्तिक, काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर ९भेट्रान० चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा...

श्रीलंकन क्रिकेटर दनुस्का बलात्कार आरोपमा पक्राउ

काठमाडौं, २० कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकपका लागि टिमसँगै रहेको श्रीलंका राष्ट्रिय क्रिकेट टिमका दनुस्का गुणाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३१ वर्षीय गुणथिलका आइतबार पक्राउ परेको खुलाएका छन् । नोभेम्बर २ मा यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई आइतबार दिउँसो सिड्नी पुलिसले पक्राउ गरेको हो । ‘दनुस्का गुणाथिलका बलात्कारको आरोपमा पक्राउ परेका छन् । यसैकारण श्रीलंकन टिम उनीबिनै स्वदेश फर्किएको...

Not Found