सूचना प्रबिधि

विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति, कसले कति तिर्नुपर्ने ?

काठमाडौं, ७ माघ वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको दाबी गरेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजारभन्दा बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातिसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । श्रम,...

लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

एजेन्सी, नयाँ दिल्ली, ६ माघ। हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति,...

कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

काठमाडौं, १ माघ । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। पछिल्लो  समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो। यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ। ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग/आंगिक क्याम्पसहरुले हिउँदे/बर्षे विदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीहरुलाई हिउँदे/बर्षे बिदाबाट मिलान गर्ने गरी २०७८ माघ १० गतेसम्म बिदा...

भोलि देखि नै विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय (पत्रसहित)

काठमाडौं, २६ पुस।  शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरेको छ। सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान...

नेपाल टेलिकम गैँडाकोटद्धारा फाइबर इन्टरनेट सेवा विस्तार

गैँडाकोट, २२ मंसिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र गुणस्तरीय इन्टरनेट सहित टेलिभिजन र टेलिफोन सेवा पु¥याउन नेपाल टेलिकमले क्षमता विस्तार गरेको छ । नगरभित्रका तीन हजार घरधुरीलाई एउटै तारबाट इन्टरनेट, टेलिभिजन र टेलिफोन वितरण गर्नेगरी सेवा विस्तार गरिएको टेलिकमको गैँडाकोट कार्यालयले जनाएको छ । बुधबार थप दुई हजार क्षमता थप्दै तीन हजार क्षमता पु¥याइएको टेलिकम गैँडाकोटका कार्यालय प्रमुख अर्जुनकुमार लामिछानेले बताउनुभयो । नगर क्षेत्रभित्र २०७६ को अन्तिमबाट फाइबर बिच्छाउन सुरु...

न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा बदली र हिमपात

काठमाडौं, २ मंसिर । नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ । तापक्रम स्थिर रहे पनि घाम नलागेकाले केही चिसो बढेको...

छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी कार्तिक १८ गतेबाट हुदै ।

काठमाण्डौ, २३ कार्तिक । काठमाण्डौमा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी आयोजना हुने भएको छ । कार्तिक महिनाको अन्तिम साताबाट करिब १८ दिन सम्म प्रदर्शनी आयोजना हुने भएको प्रदर्शनीको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो । जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी यहि कार्तिक २६ गतेदेखि हुने भएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म १८ दिन काठमाडौंको भृकृटीमण्डलमा प्रदर्शनी...

चीसो सँगै प्रदुषण बढ्दैछ, शतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा

काठमाण्डौँ, २२ कार्तिक । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताउनुभएको हो । उहाँले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको बताउनुभयो । उहाँले कार्तिक महिनामा नै...

हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक, इन्धन बचत गर्ने नयाँ सिस्टम

काठमाण्डौँ, ४ कार्तिक । हिरोको नयाँ स्कुटर माएस्ट्रो एज ११०  सार्वजनिक भएको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले यो स्कुटर सार्वजनिक गरेको हो ।हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीवार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो । यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने तथा यसमा टर्न–बाइ–टर्न...

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो

हाल मौसमको अवस्था  हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू(भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक(दई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ कार्तिक ०३ गते बुधवार- दिउँसो-   प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहने...

Not Found