सूचना प्रबिधि
काठमाडौं, ३० साउन । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराउनु भयो । त्यस्तै उहाँले यसअघि...
नवलपुर, २५ साउन । नवलपुरको मध्यविन्दु नगरपालिकाले अवैद्य रुपमा उत्खनन गरि घाटगद्दी गरेर राखेको नदीजन्य पदार्थ जफत गर्ने कार्य अगाडि बढाएको छ ।वडा नं. ११ दमारमा पर्ने अरुणखोला नदीबाट चोरी निकासी गरेर नदी किनारमै घाटगद्दी गरेर राखेका नदीजन्य पदार्थ ढुङ्गा गिटी ,बालुवा नगरपालिकाले जफत गरि आफ्नो मातहतमा ल्याउन प्रकृया थालेको छ । अवैद्य रुपमा नदीजन्य पदार्थ दिनरात उत्खनन गरेको जनगुनासो बढेपछि नगरपालिका एक्सनमा गएको हो । बुधबार नगरपालिका , जिल्ला समन्वय...
चितवन, ९ साउन । चितवनको भरतपुरमा अवस्थित सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा. ली. ले विशेष छुट प्याकेज घोषणा गरेको छ । प्याकेजमा बिदेश अध्ययनमा जान चाहाने विद्यार्थीलाई विशेष सहुलियत दिने उल्लेख छ । बिगत १२ बर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको कलेजले प्रेसमार्ग शहिदचोकमा मुख्य कार्यालय बनाई अन्य सम्पर्क कार्यालयका रुपमा सौराहाचोक, पर्सा, चितवन तथा कावासोती नवलपुरमा स्थापना कालदेखिनै जापानमा विद्यार्थी पठाउँदै आएको थियो । पछिल्लो समय सेन्ट्रल कलेजले...
एजेन्सी । नेटफ्लिक्स र माइक्रोसफ्टले एक समझदारी गरेका छन् । यससँगै अब नेटफ्लिक्सले विज्ञापनसमर्थित सदस्यता योजना पनि ल्याएको छ । नेटफ्लिक्सले ग्राहक संख्या कम हुँदा पनि यस्तो योजना ल्याउने घोषणा गरेको हो । दुवै कम्पनीले यो जानकारी आफ्नो ब्लगमा सेयर गरेका छन् । तर, विज्ञापनसमर्थित योजना कहिलेदेखि ल्याइने भन्ने निश्चित मिति भने बताइएका छैनन् । माइक्रोसफ्टले नेटफ्लिक्सको साथ पाउँदा निकै रोमाञ्चित भएको बताएको छ। माइक्रोसफ्टले विज्ञापन आवश्यकताहरूको साथ नेटफ्लिक्स दर्शकहरूमा पुग्ने...
२४ असार । कृषि विकास बैंक लिमिटेडले जागिरका लागि दरखास्त आह्वान गरेको छ। विभिन्न पदमा १५२ जना माग गर्दै आवेदन दिन भनेको हो । शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ। बैंकले लोस सेवाबाट स्वीकृत...
काठमाडौं, २१ असार । कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोडिङ सकेर परीक्षण सुरु गरेको जानकारी दिए । उनले भने ‘भर्खर कोडिङ सकेर परीक्षण थालिएको छ । कहिले सकिन्छ भनेर अहिले नै भन्न छिटो हुन्छ । जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण भईरहेको उनको भनाई छ । सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने नियन्त्रक शर्माले बताए । कक्षा १२...
चितवन । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ । यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र ९चितवन एक्सपो सेन्टर० मा हुने मेलाले जिल्लामा न्युन स्तर र...
८ असार । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै यदि कार्यान्वयन नभए आन्दोलन गर्ने बताएको हो । समितिले एक विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका हुन् । यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न...
गैँडाकोट, २२ जेठ । ५० औँ विश्व बातावरण दिवसको अवसरमा विजय सामुदायीक शिक्षा सदनले आइतबार बृक्षारोपण गरेको छ । विद्यालय परिसर सहित वडा नं ५ को स्वास्थ्य चौकि परिसरमा बृक्षारोपण गरिएको हो । आप, लिचि, अम्बा, एबोगाडो, गोलमोहर लगाएतका विरुवा रोपिएको विद्यालयका प्रिन्सीपल रेखा श्रेष्ठले जनकारी दिनु भयो । वडा नं ५ का वाडाध्यक्ष रत्नप्रसाद सापकोटा, निर्वर्तमान अध्यक्ष नवराज कंडेल , विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मण कार्की, विद्यालयका शिक्षक, अभिभावक र...
काठमाडौं, २० जेठ । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन...