सूचना प्रबिधि
८ असार । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै यदि कार्यान्वयन नभए आन्दोलन गर्ने बताएको हो । समितिले एक विज्ञप्ती जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका हुन् । यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न...
गैँडाकोट, २२ जेठ । ५० औँ विश्व बातावरण दिवसको अवसरमा विजय सामुदायीक शिक्षा सदनले आइतबार बृक्षारोपण गरेको छ । विद्यालय परिसर सहित वडा नं ५ को स्वास्थ्य चौकि परिसरमा बृक्षारोपण गरिएको हो । आप, लिचि, अम्बा, एबोगाडो, गोलमोहर लगाएतका विरुवा रोपिएको विद्यालयका प्रिन्सीपल रेखा श्रेष्ठले जनकारी दिनु भयो । वडा नं ५ का वाडाध्यक्ष रत्नप्रसाद सापकोटा, निर्वर्तमान अध्यक्ष नवराज कंडेल , विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मण कार्की, विद्यालयका शिक्षक, अभिभावक र...
काठमाडौं, २० जेठ । सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा पत्राचार गरेको छ, जसमा भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन...
२० जेठ । चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड–१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ । मन्त्रालयले सुचना सूचीमा रहेका विद्यार्थीहरुले चीन फिर्तीका लागि देहायको गाईड लाइन बमोजिम पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत आग्रह गरेको छ...
काठमाडौं ३ जेठ । पुस्तक, पत्रपत्रिका, तस्वीरको रुपमा रहेको स्क्यान कपी, जेपीजी फाइल, पीडीएफ वा अन्य वस्तु तथा सामग्रीमा लेखिएका अक्षरहरुलाई कहिले काहिँ कम्प्युटर वा मोबाइलमा टाइप गर्नुपरिरहेको हुन्छ । यसरी टाइप गर्दा तपाईंको समय निकै खर्च भइरहेको हुन्छ । गुगलले यसका लागि सजिलो विकल्प दिएको छ, जसबाट तपाईं टाइप नगरिकनै सजिलै अक्षरलाई मोबाइल वा कम्प्युटरमा उतार्न सकिन्छ । यसका लागि तपाईंले कम्प्युटरमा गुगल ड्राइभको सहयोग लिन सक्नुहुन्छ । गुगल ड्राइभमा...
गैँडाकोट, १८ वैशाख । डिजिटल राइटस् नेपालका अध्यक्ष एवं अभिवक्ता सन्तोष सिग्देलले निर्वाचनलाई भयरहित बनाउन सञ्चारकर्मीले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबार विजय विकास स्रोत केन्द्रको आयोजनामा नवलपुरका सञ्चारकर्मीलाई प्रदान गरिएको एक दिने अभिमुखिकरण तालिममा अध्यक्ष सिग्देलले यस्तो बताउनुभएको हो । तालिममा सिग्देलले निर्वाचनको समयमा मिडियाको भुमिका कस्तो हुनुपर्छ, पत्रकार र सञ्चारमाध्यमको कर्तव्य कस्ता हुन्छन्, पत्रकार र सञ्चारमाध्यमले रिर्पोटिङमा कस्ता विषयबस्तु समावेश गर्न हुँदैन, उजुरी र कारवाही सम्वन्धी भएका...
काठमाण्डौ, १४ बैशाख । आगामि जेष्ठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले बुधबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पछि कार्यालयहरु दुई दिन बन्द हुने भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन...
विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् । ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन...
३० चैत्र । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९ञ० र ९ठ० अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ । स्वीकृति...
नवलपुर, १४ चैत्र । सातौँ राष्ट्रिय कृषि गणना अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न १५५ एकाइमा कृषि गणना हुने भएको छ । कृषि गणनाका विषयमा सोमबार आयोजित जिल्लास्तरीय कृषि गणना सचेतना गोष्ठीमा जिल्लाका आठ वटै स्थानीय तहमा गरी १५५ एकाइमा कृषि गणना हुने जानकारी दिइएको हो । हरेक १० वर्षमा हुँदै आएको कृषि गणना यस वर्ष कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ सञ्चालन हुँदैछ । जिल्ला कृषि गणना...