Uncategorized

गठबन्धनकै सरकार बनाउनेबारे देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाण्डौ, १२ मंसिर । यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज सोमवार नयाँ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री देउवासँग भएको...

हर्क र बालेन जस्तो बन्न नवलपुरबासी काठमाण्डौँ र धरानका जनता जस्तो ईमान्दार बन्नु पर्छ -राजन गौतम

गैँडाकोट, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार गैँडाकोटमा चुनाव प्रचार संगै मोटरसाईकल र्याली सम्पन्न गरेको छ । गैँडाकोट काग्रेसचोकबाट निस्केको मोटरसाईकल र्याली भृकुटिचोक हुदै गैँडाकोट १ देखि ९सम्म परिक्रमा गरेको थियो । र्याली सुरु हुनु भन्दा अगाडि काग्रेसचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले मुलुकलाई विकासको गतिमा लैजान परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । त्यसका लागि बुढा नेताहरुलाई...

दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

चितवन, असोज ४ दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । असोज महिना लागेसँगै दशैंका लागि हवाइ टिकट अग्रिम बुकिङ बढिरहेको हो । केही दिन पहिले मात्र एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको बताएका छन् । भरतपुरमा बुद्ध र गुण एयरलाइन्सले उडान गर्दै...

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता गरेका छन्।राष्ट्रपति भण्डारीसँग बुधबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो। यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन्। भ्रमणको पहिलो दिन सभामुख सापकोटा र...

गैँडाकोट ८ मा ५ दिने क्रिष्टल माला बनाउने कार्यक्रम सम्पन्न, समृद्धिका लागि महिला व्यवसायिक बन्न जरुरी

गैँडाकोट, २८ भदौ । कालिका महिला सञ्जाल गैँडाकोट ८ ले मंगलबार ५ दिने क्रिष्टल माला बनाउने सिपमुलक कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट नगरपालिका र वडाको आर्थिक सहयोगमा भदौ १७ गतेबाट सुरु भएको कार्यक्रम ५ दिन सम्म वडा कार्यालयमै सञ्चालन गरिएको उपाध्यक्ष पार्वति सापकोटाले जानकारी दिनु भयो । समापन कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले नेपालको संस्कृति श्रृंगार संग जोडिएको बताउदै सिपको सदुपयोग गर्न सके महंगो सुनका...

नवलपुरको कान्छो कार्यालय : जसले लक्षित वर्ग र धार्मिक, सामाजिक क्षेत्रमा काम गर्छ

भाद्र २२, कावासोती । नवलपुर जिल्लाको कान्छो कार्यालय सामाजिक विकास कार्यालय । यस कार्यालयका बारेमा धेरैलाई जानकारी पनि छैन् । लक्षित वर्ग र सामाजिक क्षेत्रमा काम गर्ने भएको हुँदा यस कार्यालयका बारेमा सम्बन्धित पक्ष सुसूचित हुन आवश्यक छ । नयाँ स्थापना भएको कार्यालय भएको हुँदा यस कार्यालयबाट हुने काम कारबाही के कस्ता छन् भन्ने बारेमा सेवा पाउने वर्गसम्म पुग्न जरुरी छ । सामाजिक विकास कार्यालयले लक्षित वर्ग र कला संस्कृतिको...

आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन

भाद्र १५, काठमाण्डौं अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका छात्रा, छात्रले ट्रफीको भव्य रुपमा स्वागत गरे भने स्थानीयवासीले बाजागाजासहित ट्रफीको स्वागत गरे । ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै...

बुधवारसम्म सिट बाँडफाँटको टुंगो लाग्छ : माओवादी अध्यक्ष प्रचण्ड

काठमाण्डौं, भाद्र १३ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधवारसम्म टुंगो लगाउने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गर्नुभयो । उहाँले १५ गतेसम्म सिट...

गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भयो : ओली

काठमाडौं, भदौ ०४ गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो । आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने अध्यक्ष ओलीले बताउनु भयो । शनिवार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताउनुभयो ।   ...

नेकपा एमालेले कावासोतीमा गर्यो बृहत प्रदर्शन (फोटो फिचर)

कावासोती, २५ साउन । नेकपा एमालेले बुधबार कावासोतीमा बृहत प्रदर्शन गरेको छ । नेकपा एमालेको जनसंगठनहरुको संयुक्त आयोजनामा महंगी,भ्रष्टाचार,कुशासनका बिरुद्द प्रदर्शन गरेको हो ।   ...

Not Found