एक सय ९७ तोला चाँदीसहित गैँडाकोटवासी युवक पक्राउ

गैँडाकोट, १९ जेठ । चितवनमा एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भई गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक रहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका-११ स्थित भोजाड-पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।
विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको थियो । ।
तपाइँको प्रतिक्रिया