विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २६ साउन । गायिका विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक भएको छ । गतवर्ष निकै चर्चा पाएको चरी जेलैमा बोलको सिक्वेलका रुपमा चरी जेलैमा–२ बजारमा आएको हो ।
सपना म्युजिक इण्डष्ट्रीजको युट्युब च्यानलबाट सार्वजनिक यो गीतले २४ घण्टा नहुँदै पाँच लाखभन्दा बढी भ्युज पाएको छ । गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भए पनि लामो समयसम्म चर्चामा थियो ।
सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान सुन्दरमणि अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन् ।
गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका हुन् । गीतको भिडियोको निर्देशन पनि अधिकारीले नै गरेका हुन् ।
तपाइँको प्रतिक्रिया