उपत्यकाका चोक र गल्लीमा दुर्गन्धित फोहर, अन्योल कायमै

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडकमा थुपारिने फोहर हप्तौंसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या पुनः दोहोरिएको छ । उपत्यकाका चोक र गल्लीमा दुर्गन्धित फोहरका डंगुर भेटिन्छन् । यसले वातावरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ । काठमाडौंको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ ।
काठमाडौं महानगरपालिकाले साउनको पहिलो हप्तादेखि उपत्यकाको फोहर घरघरबाटै कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने काम सुरू गरे पनि प्रभावकारी बन्न सकेको छैन । त्यसरी उठेको फोहर, कहाँ र कसरी व्यवस्थापन गर्ने ? कुहिनेलाई कहाँ राख्ने ? नकुहिनेलाई कहाँ राख्ने ? भन्ने अन्योल कायमै छ । जनताको प्रश्न छ, दिगो हिसाबले किन फोहर व्यवस्थापन गर्न सक्दैनन् महानगरहरु ?
तपाइँको प्रतिक्रिया