पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, १८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
आइतबार २७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाइँको प्रतिक्रिया