नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दै, मंगलबार १९ जना संक्रमित थपिए

गैँडाकोट, २७ पुस । नवलपुरमा कोरोना संक्रमितको संख्या तिव्र रुपले बढेको छ । स्वास्थ्य कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार नवलपुरमा ५० जनामा परिक्षण गर्दा पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिएका हुन् । सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित हुनेहरुमा कावासोती नगरपालिकामा ८ जना, मध्यविन्दु नगरपालिकामा ३ जना र विनयी त्रिवेणी गाँउपालिकामा ८ जना रहेका छन् । स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नवलपुरमा ३ सय ९ जनामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ जना पुगेको छ । ४६ जना सक्रिय संक्रमित मध्य सबै भन्दा धेरै कावासोतीमा २३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया